Logo

ओली–प्रचण्ड नभएको मौकामा नेपाल-खनालले गरे यस्तो घोषणा


नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् । उनी १७ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिंगापुर गएका छन् ।

अहिले नेकपा नेतृत्वविहिन छ । कार्यवहाक अध्यक्ष कसलाई तोकिएको भन्ने जानकारी छैन । अघिल्लोपटक दुवै अध्यक्ष बाहिर हुँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको थियो । नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको बताएपनि नेपालको सचिवालयले भने कुनै जानकारी नभएको जनाएको छ । पछिल्लो समय नेता नेपाल अध्यक्ष केपी ओलीसँग रुष्ट छन् ।

यसैबेला वरिष्ठ नेता नेपालले स्थायी समिति सदस्यहरुका लागि चियापान आयोजना गरेका छन् । दिउँसो ३ बजे बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको चियापानमा पार्टी र सरकारका पछिल्ला गतिविधिका विषयमा स्थायी समिति सदस्यहरुको धारणा बुझ्ने बताइएको छ । विधानविपरीत सचिवालयले गरेको निर्णयबारे स्थायी समितिका नेताहरुको धारणा बुझ्न र कसरी अघि बढ्ने विषयमा छलफल गर्न उनले चियापान गर्न लागेको बुझिएको छ । यद्यपी, नेता नेपालको सचिवालयले यो सामान्य भेटघाट र चियापान मात्र भएको बताएको दाबी गरेको छ । नजिकिदै गरेको दशैको शुभकामना साटासाट गर्न चियापान गरिएको नेता नेपाल निकट स्रोतले जनायो ।

प्रदेश नेतृत्व र संसदीय समिति गठनमा एकलौटी निर्णय गरिएको, मुख्यमन्त्रीहरुलाई मापदण्डविपरीत भूमिका दिइएकोमा नेपाल समूह असन्तुष्ट छ । सचिवालको प्रस्तावमाथि स्थायी समितिमा छलफल भई पारित हुनुपर्नेमा एकलौटी निर्णयलाई वैधानिक मान्न नसकिने नेताहरुको तर्क छ । प्रधानमन्त्री केपी ओली अमेरिका भ्रमणबाट फर्किएपछि प्रदेश नेतृत्व टुंग्याउने सल्लाह गरेर अफ्रिका भ्रमणमा गएको नेपाल बताउँदै आएका छन् । तर, उनी नफर्किई एकतर्फी प्रदेश नेतृत्वको निर्णय भएको नेपाल समूहले आरोप लगाएका छन् । ४५ सदस्यीय स्थायी समितिमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षका १३/१३ जना र नेपाल निकटका १२ सदस्य छन् । रामबहादुर थापा पक्षका ४, नारायणकाजी श्रेष्ठनिकट २ जना सदस्य समितिमा अटेका छन् । नेता नेपालको असन्तुष्टि र आक्रोश विहीबारको संसद बैठकमा समेत देखिएको थियो । उनले संसदमा सरकारको चर्काे आलोचना गरेका थिए ।  यसैबीच, नेता नेपालले आयोजना गरेको चियापानमा नेकपाका अर्का नेता झलनाथ खनाल भने नजाने भएका छन् । आफू कुनैपनि गुटमा नरहेको भन्दै कुनै पनि गुटले गरेको भेलामा नजाने खनालले बताएका छन् । उनले पार्टी नेतृत्व मुलुक बाहिर रहेको बेला पार्टी नेताहरुले यस्तो प्रकारको काम गर्न नहुने संकेत गरे । पार्टी एकीकरणका बेला चीनमा रहेका नेता खनाल आफ्नो ‘वरिष्ठ’ पद खोसिएकोमा रुष्ट छन् । नेता नेपालले आफू नभएकोमा मौकामा वरिष्ठ हुन एकताको माहोल मिलाएको खनालको आरोप छ । एकताताका ओली र नेपालको धारणा समान जस्तो देखिन्थ्यो । खनाल अध्यक्ष ओलीसँग पनि रुष्ट छन् । पार्टीमा गुट नबनाउँदा कमजोर भइने महसुस गरेर पछिल्लो समय खनाल आफ्नै गुट निर्माणमा लागिरहेको बताइन्छ । (दैनिक नेपालबाट)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्