Logo

‘दि भ्वाइस अफ’ नेपालमा सातौ पल्ट एकै ड्रेसमा किन ?


काठमाडौं : नेपाल आइडलमा इन्दिरा जोशीले एउटै शोमा तीन वटा ड्रेस चेन्ज गर्छिन् । यता अभया दिदी भने सातौं एपिसोडसम्म पनि त्यै एउटा फाटेको जिन्स मेरो दिदी तिमि कति गरिब भको यी र यस्तै कमेन्टहरु आउन थालेपछि सिंगिङ रियालिटी शो दि भ्वाइस अफ नेपाल कार्यक्रममा एकै किसिमको ड्रेस लगाउनुको कारण विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको छ ।

नेपाल आइडियल भन्दा चर्चित रियलिटी शो दि भ्वाइस अफ नेपाल देखिएको छ । कार्यक्रमको नियम र थिम अनुसार नै निर्णायक र कार्यक्रमका सञ्चालक सुशील नेपालले एउटै ड्रेस पटक पटक लगाएको बताएका छन् । ‘कार्यक्रमको अवधिमा अरु ड्रेस नभएर वा खर्च घटाउन नभई कार्यक्रमको थिमअनुसार नै भएको हो’, संचालक नेपालले विज्ञप्तीमा भनेका छन्, ‘कार्यक्रमको तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनुपर्नेछ । ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन् तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौं ।’

ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने र यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन् त्यसपछि प्रतियोगिहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । निर्णायकको रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका छन् । ति ४८ जनाको प्रतिष्पर्धा बाट बिजेता हुनेछ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्