Logo

किरात राई यायोख्खा युएइमा चन्द्रकला राई अध्यक्ष बनिन


अयुएई- किंरात राई यायोक्खा साखा युएइको सातौ अधिवेशन युएई शहर दुबइ स्थित लस्सी हाउसमा शुक्रबार २८ सेप्टेम्बर २०१८ मा भब्य रुपले सम्पन्न गर्दै अध्यक्षमा चन्द्रकला साङपाङ राईलाई सर्वासहमतिमा चयन गरिएको छ । भोजपुरको छोरी भएर अोखल्ढुङ्गाको बुहारी हुन पुगेकी चन्द्रकला साङपाङ राईले किर्तिपुर विश्वविद्यालयबाट हेल्थ एजुकेशनमा मास्टर डिग्री हाशिल गर्नु भएको छ । हाल युएइमा शीक्षण पेशा गरिरहनु भएका चन्द्रकला साङपाङ राई पहिचानबादी आन्दोलनमा स्वदेश  तथा विदेशमा क्रियाशील व्यक्तित्व पनि हुन् ।

किरातीहरुको भूगोल, भाषा, सस्कार, मुन्धुम, तिन चुला संरक्षणमा एकताबद्द भएर सबै किरातीहरु राज्यसत्ता बिरुद्द लड्नुपर्ने  बिचार सधै राख्नु हुने चन्द्रकला साम्पांग राइले किरात राइ यायोखा शाखा युएइको नेतृत्व लिएपछि पहिचान प्राप्तिको आन्दोलनमा समेत टेवा पुग्ने बिस्वाश युएइमा रहेको किराती तथा गैह्र किरातीहरुले विश्लेषण गर्न थालेका छन् ।

किरात राई यायोक्खा शाखा युएइको सातौ अधिवेशनले चन्द्रकला साङपाङ राईको अध्यक्षतामा १९ नया कार्यसमिती सर्बसहमती रुपमा चयन गर्दै अधिवेशन समापन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओबेग राई प्रथम उपाध्यक्ष सुबाशबानु राई, महिला उपाध्यक्ष बिजयालक्ष्मी राई, महासचिव डीके किराती, सचिव दुर्योधन राई, सह-सचिव  मायालक्ष्मी राई, कोशाध्यक्ष शरु शितल राई,सह -कोषाध्यक्ष  राई  र सदस्यहरुमा काजल राई, सनम राई, सरस्वती राई,केदार राई, अन्जु राई, पदम खालिङ राई, अस्मिता राई र रामकुमार राई रहेका छन् । त्यसैगरी सल्लाहाकारहरुमा इस्वोर पुमा राई, मुम्चे राई ( बिद्रोही साइला ) र मानर्थ सदस्य देब कुमारी थापा रहनु भएको छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्