Logo

धनकुटामा गोपाल किराँती निकट माओवादी केन्द्रको नयाँ संगठन


 

धनकुटा/ गोपाल किराँती (साँहिला) निकट नेकपा माओवादी केन्द्र धनकुटाको प्रथम जिल्ला भेलाले केन्द्रिय सदस्य गंगाराम गोम्देन तामाङ इन्चार्ज र केन्द्रिय सदस्य सुदर्शन किराँती जिल्ला संयोजक रहने गरी ३१ सदस्यीय धनकुटा जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ। जिल्ला भेला पछि आयोजित पत्रकार सममेलनम जिल्ला इन्चार्ज गंगाराम गोम्देन तामाङले भने “नेकपा माओवदाी केन्द्रका प्रचण्डहरु एमालेमा विलय भएकाले पार्टीको सिद्धान्त, माओवाद र पहिचानलाई वचाई राख्न माओवादी केन्द्रको संगठन गर्नु परेको छ ।”

उनले प्रचण्डहरु एमालेमा विलय भएपछि सम्पुर्ण संगठनहरु अस्तव्यस्त भएकाले माओवादलाई छाडेर कोही पनि सच्चा कम्यूनिष्ट हुन नसक्ने भन्दै आफुहरुले अहिलेसम्म मुलुकभर ४५ जिल्लामा संगठन गरिसकेको वताएका छन् । साथै पार्टीका केन्द्रिय सदस्य समेत रहेका तामाङले सर्वहारा वर्गको मुक्तिको खातिर वैज्ञानिक समाजवादी क्रान्ती सम्पन्न गर्नको लागी नेकपा माओवादी केन्द्रलाई पुनःर्गठन गर्नु परेको दावी गरेका छन् ।

सो अवसरमा जिल्ला अर्का केन्द्रिय सदस्य एवं जिल्ला संयोजक सुदर्शन किराँतीले पार्टीको प्रथम जिल्ला भेला पार्टीका प्रदेश इन्चार्ज तिलक थापा मगर, महासचिव कर्णजित वुढाथोकी, प्रदेश संयोजक विमल निरौलाको विशेष आतिथ्य र पोलिटव्यूरो सदस्य डम्वर सूब्बाको अध्यक्षतमा सम्पन्न भएको वताएका छन् । तस्विर पत्रकार सम्मेलनको छ । (ब्लास्ट खबाराबाट लिएको )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्