Logo

‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ पोस्टर सार्बजनिक


तिमीले खाएको कसम साँचो भाको भए,

मैले पलमै तिमीलाई बिर्सन सक्ने भए,

किन पागल हुनु पर्थ्यो, किन ब्यर्थै रुनु पर्थ्यो,

भुल्न सकिन मैले………………………

तिम्ले बाटो फेरेउ अरे….. अर्कैलाई हेरेउ अरे…..!!!

चर्चित गितकार दर्पन राईले आफ्नो गितको पोस्टर सार्बजनिक गरेका छन । एमएमयस ईन्टरटाईमेन्टको प्रस्तुती रहेको छ । ‘तिम्ले बाटो फेर्‍यौ अरे’को अपार सफालता पछी ‘तिमीले खाएको कसम साँचो भाको भए’ लिएर आएको हुन । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ ।

दर्पणको शब्दमा रहेको उक्त गीतमा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने पहिलो नेपाल आइडल विक्रम राईले गीतमा सङ्गीत भरेका छन् । रिकेश गुरुङको ऐरेन्जर रहेको उक्त गीतलाई राजेश स्थलै रेकर्डिङ गरेका छन् । ए–वान मुजिसियन स्टुडियोमा उक्त गीतको सिरिज ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीत रेकर्ड गरिएको हो ।

अघिल्लो पटकको गीत ‘तिमीले बाटो फेर्यो अरे’ मा मेल भर्सनमा भर्सटायल गायक राजेशपायल राई, फिमेल भर्सनमा मेलिना र किड भर्सनमा जिग्मे छ्योकी शेर्पाको स्वर रहेको थियो । यसपटक पनि तिनै जनाको स्वरमा दर्शकले आनन्द लिन सक्ने गीतकार राईले जानकारी दिएका छन् । ‘तिमीले खाएको कसम साँचो भाको भए’ बोलको सिरीज गीतकार राईले रचेका छन् । यो दर्शकहरुको निकै प्रतिक्षमा रहेको गित रहेको छ ।

प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ । यस्तै, ‘तिमीले खाएको कसम साँचो भाको भए’लाई त्यही स्टोरीबाट उठाएको गीतकार दर्पणले बताए । ‘तिम्ले बाटो फेर्‍यौअरेमा ‘अरे’को कुरा अर्थात् कसैले सुनाएको ‘हल्ला’लाई आधार मानिएको छ । अहिले त्यसैलाई टेक्दै ‘तिमीले खाएको कसम साँचो भाको भए’ बनाएको हुँ,’ दर्पणले भने ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्