Logo

म आएपछि सबै ठीक भइहाल्छ–प्रधानमन्त्री ओली


अमेरिका निस्किएका प्रधानमन्त्री ओलीले आफु नेपाल आएपछि सबै ठिक हुने बताएका छन् । अमेरिकास्थित पत्रकार सूर्य थापासँगको टिभी अन्तर्वातामा उनले सो कुरा बताएका हुन् ।

संयुक्त राष्टसंघको महासभामा भाग लिन अमेरिका पुगेका उनले भन‘कतिपय नेताले बोलेको सुनियो, लौ न देश डुब्नै लाग्यो, कोही त आऊ बचाऊ भनेर,’ पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा ओलीले नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन्, ‘म नहुनेबित्तिकै कसैलाई अलिकति शून्यता भयो, छटपटी भयो। म फर्केर गइहाल्छु, सबै ठीक भइहाल्छ।’ माधव कुमार नेपालले सरकारको प्रभावकारित नदेखिएको र एकलौटी पार्टी चलाएको भन्दै ‘देश डुब्न लागिसक्यो माझी बचाइदेऊ न’ बोलको गीत बिहीबार संसदमा गाएका थिए। उनको त्यो गीतले सरकार र पार्टी सञ्चालन शैलीमाथि कटाक्ष गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्