Logo

आर्सनलको शानदार जित


एजेन्सी । आज आर्सनल ले शानदार जित निकालेको छ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।

भएको खेलमा आर्सनलले वाट्फोर्डलाई २ – ० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा आर्सनलको जितमा मोसिट ओजिलले एक गोल गरे । आर्सनलले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलले दुवै गोल दोस्रो हाफमा निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनलले क्यारिग क्याथकार्टको आत्मघाती गोलबाट ८१ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेट नबित्दै ८३ औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई २ – ० को जित दिलाए । जितसंगै पाँचौ स्थानमा उक्लिएको आर्सनलले ७ खेलबाट १५ अंक जोडेको छ । पराजित वाट्फोर्ड ७ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा छ ।

इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटीले छैटौं जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनलाई २ – ० ले हराएर सिटीले उपाधि यात्रा कायम राखेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । इतिहाद स्टेडियममा पहिलो हाफको २९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ६५ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई २ – ० को सहज जित दिलाए । जितसंगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलबाट १९ अंक जोडेको छ । सिटी लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित ब्राइटन ७ खेलबाट ५ अंक जोडेर १४ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै शनिबार टोटेनहमले हडर्सफिल्डलाई २ – ० ले हराएको छ । यस्तै एभर्टनले फुलहमलाई ३ – ० ले पराजित गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्