धरानमा अब एडभेन्चर खेल
धरान- पूर्वको शुन्दर शहर धरानमा पर्यटकिय खेल पनि शुरु गरिएको छ । नेपाल प्राकृतिका रुपमा नै शुन्दर हो ।
धरानमा अर्को साहसिक खेल ‘फ्लाइङ फक्स एड्भेञ्चर’ को शुरू भएको छ । पूर्वमा यो पहिलोपटक हो । फ्लाइङ फक्समा झण्डै सयको हाराहारीमा मानिसहरुले आनन्द लिए । फक्सको उद्घाटन पर्यटन मन्त्री जगदीश कुसियतले गरे ।
धरान २० सर्दुजलाधार क्षेत्रमा राखिएको यो साहसिक खेलमा शुक्रबारमात्रै धेरैले मनोरञ्जन लिए । यसअघि धरानमा प्याराग्लाइडिङ, याफटिङ र साइक्लिङ जस्ता साहसिक खेल शुरुवात भइसकेका छन् । आन्तरिक र बाह्या पर्यटक भित्राउने लक्ष्यको साथ यस शाहसिक खेल राखिएको हो ।
दुई बालिका बलात्कार गर्ने युवा पक्राउ
धरान-देश हत्य, लुतपात, अपराध र बलात्कारको घट्ना दिनदिनै बढी रहेको छ । यस्तै एक घट्ना हो । धरानमा दुई बालिका बलात्कृत गर्ने युवा पक्राउ परेका छन् । धरान–६ पानवारीस्थित मामाघरमा सुतिरहेको अवस्थामा उनीहरू बलात्कारमा परेका थिए ।
पीडितको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । केराबारी–५ देवीटारका अंशु कामीले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । मामाघरमा सुतिरहेका बालिका सुतिरहेकै स्थानमा बलात्कृत भएका हुन् ।
ती दिदीबहिनी हजुरआमाको निधन भएपछि आमाको साथमा मामाघर आएका थिए । १५ वर्षीया दिदी र १३ वर्षीया बहिनी बलात्कृत भएको पीडितले बताएका छन् । इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले उजुरीको आधारमा पक्राउ गरिएको बताए ।