अरिङ्गालले टोके क्यान्सरसँग लडिने
एजेन्सी– नेपालमा अहिले अरिङ्गालबारे चर्चा भइरहँदा ब्राजिलमा अरिङ्गालको विष क्यान्सरसँग लड्न सक्ने हतियारको रूपमा विकास गरिएको वैज्ञानिकहरुले बताएका छन् । प्रयोगशालामा गरिएको अध्ययन अुनसार उक्त विषले क्यान्सर कोषिकाहरूलाई मार्नुका साथै साधारण कोषिकाहरूलाई पनि कुनै हानी गर्दैन ।
युनिभर्सिटी अफ ब्राजिलको टिम भन्छ, ‘प्रयोगात्मक थेरापीले ट्यमुरको कोषिकाहरुलाई मजबुत बनाउँछ ।’ यो अध्ययन अहिले शुरुवाती चरणमा छ । यस विधि मानिसमा सुरक्षित छ की छैन भन्नका लागि अझै धेरै अध्ययनहरुको आवश्यकता पर्ने खोजमा संलग्न वैज्ञानिकहरू बताउँछन् ।‘पोलिबिया पाउलिस्टा’ नामक अरिङ्गाल एकदमै आक्रामक अरिङ्गालमध्येमा पर्छ । जुन, दक्षिण–पूर्वी ब्राजिलमा पाइन्छ । यसको चिलाई राम्रो मानिँदैन । तर, वैज्ञानिक भने यसलाई राम्रो कामको लागि प्रयोग गर्न सकिने दाबी गर्छन् ।
यस प्रजातिको अरिंगालमा एउटा महत्वपूर्ण विष हुन्छ । जसलाई, ‘एमपिवन’ भनिन्छ । यो विष किराहरुले आप्mनो आहाराका लागि शिकार गर्दा प्रयोग गर्छन् भने कतिपयले भने प्रतिरक्षा क्षमताको लागि पनि प्रयोग गर्ने गर्दछन् । हालसालकै यो अध्ययन मुसामा गरिएको थियो । जसले क्यान्सरका कोषिकाहरूलाई नष्ट गर्ने बताउँछ ।प्रोफेसर जो रगिरो नेट्टो तथा उनका सहकर्मीले अध्ययन गरेर यो पत्ता लगाएका हुन् । ‘एमपिवन’ र बोसो अणुहरू सम्पर्कमा आइरहेका हुन्छन् । जुन क्यान्सर सेल्सको सतहमा असामान्य रूपमा बाँडिएको हुन्छ भन्ने पत्ता लागेको छ । यसले सिर्जना गर्ने प्वालहरुले कोषिकाको महत्वपूर्ण कार्यलाई लिक हुनबाट बचाउँछ ।
बायोफिजिकल जर्नलका वैज्ञानिकहरुका अनुसार स्वास्थ्य कोषिकामा त्यही अणुहरू लुकेर बसेका हुन्छन् । यसको अर्थ स्वास्थ्य तन्तुलाई ‘एमपिवन’को आक्रमणबाट बच्नुपर्ने हुन्छ । युनिभर्सिटी अफ लिड्सका सह–शोधकर्ता डा पौल बिल्स भन्छन्, ‘क्यान्सर थेरापी जसले सेल झिल्लीको लिपिड संरचनालाई आक्रमण गरेमा नयाँ प्रकारका क्यान्सर विरोधी औषधिहरू तयार हुनेछन् ।’ ‘यसबाट नयाँ समिश्रणका थेरापीहरु विकास गर्न सकिन्छ । (बिबिसीबाट अनुवाद