इन्डोनेसियामा भुकम्प पछि सुनामी
शुक्रबार इन्डोनेसियामा गएकाे ७.५ म्याग्रिच्युडको भुकम्प पछि अाएकाे सुनामिका कारण झण्डै ५० जनाको ज्यान गएको छ । मृत्युकाे कारण भुकम्प अथवा सुनामि मध्ये कुन हो भनि एकिन गर्न नसकिएको एएफपी समाचार संस्थाका फोटोग्राफरले जनाएका छन् ।
भुकम्पको केन्द्र बिन्दुदेखि ८० किलोमिटरको पर रहेको सुलाबेसि टापु हुँदै पालु सहरमा अाएकाे सुनामिले क्षति पु-याएकाे छ । सो क्षेत्रमा करिब दुई मिटरसम्म उचाँइ भएका सामुन्द्रिक छाल देखिएका छन् । सुनामिका कारण त्यसक्षेत्रको विधुत् सेवा र टेलिकम सेवा अवरुद्ध भएको छ, जसकारण उद्दार कार्यमा कठिनाई अाएकाे छ । पालु सहरमा तीन लाख मानिस बसोबास गर्ने गर्छन् । गत अगस्टमा इन्डोनेसियाको लाेम्बाेक टापुमा भुकम्पका कारणले चार सय ६० जनाले ज्यान गुमाएका थिए ।