Logo

बलात्कार आरोपी वडाध्यक्ष समातिएनन्


दमौली : गत वैशाखमा नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाल पाँच महिना पुगिसक्दा पनि पक्राउ परेका छैनन्। घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन्।

डाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ। उनीविरुद्ध पक्राउका लागि नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरीसमेत परेको छ। उनी तनहुँ बस्ने भएकाले पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार पनि गरेको छ। कुमाल नियमित घर आउने र रात बस्ने गरे पनि उनलाई पक्रन प्रहरीले तदारुकता नदेखाएको पीडितको परिवारले बताएको छ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्