डा. केसी सम्पर्कमै आएनन् : शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा. गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ ।
आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा. केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा. केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएको छ । फोन गरेर मन्त्रीले डा. केसीलाई भेट्न खोजेको जानकारी गराएको तर सम्पर्क गर्ने प्रयास भने सफल नभएको विज्ञप्तिमा उल्लेख छ ।