Logo

सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ !


काठमाडौं । कञ्चनपुरकी १३ वषया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गदै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वःस्फूर्त रुपमा मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको देखिएको भन्दै गृहमन्त्री र सरकारविरुद्ध सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ ! नाराबाजी गरे ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्