दशैं नजिकिदै : लुटपाट बढ्दै
दशैं नजिकिदै गर्दा शहरमा लुटपाटका घट्ना वर्षेनी बढ्दै गइरहेको छ । चाडबाडमा गर–गहना चोरी मात्रै होइन सहकारी र बैंकहरुसमेत लुटिदै आएको छ । यस्तै घट्ना लहानमा घटेको छ । त्यहाँस्थित सिर्जना सामुदायिक सहकारी संस्था लुटपाट गरेको आरोपमा सातजना पक्राउ परेका छन् । गएको भदौ २८ मा किस्ता रकम संकलन गरी सहकारीतर्फ आउँदै गरेका सिर्जना सहकारीका दुई कर्मचारीलाई पेस्तोल देखाई तीन लाख ९३ हजार रुपैयाँ लुटेका थिए । यो त प्रतिनिधि घट्नामात्रै हो ।
हुन त, अपराधीलाई के चाडपर्व नै चाहिन्छ र; चाडपर्वमा झनै यस्ता गिरोहहरुको विगविगी हुने गर्दछ । तसर्थ, जो कसैले आफ्नो कारोबार संस्था र धनमालको सुरक्षामा सतर्कता अपनाउनु पर्दछ । राजधानीमा प्रत्येक दिनै यस्ता घट्नाहरु घटछन् र सेलाउँछन् । भने नेपालका शहर मानिने हरेक ठाउँहरुमा यस्ता विकृतिहरु दिनप्रतिदिन बढीरहेको छ ।
मानिसको आ–आफ्नै व्यस्तताको भिँडमा यस्ता गिरोहहरुले लुटपाट मच्चाउँने गर्दछन् । यसर्थ पनि व्यक्ति स्वयमले सुरक्षित यात्रा गर्न जरुरी देखिन्छ । भने सुरक्षा निकायले पनि विशेष निगरानी तथा कडाइका साथ जनसुरक्षाप्रति भुमिका निभाए हुन्थ्यो भन्ने जनअपेक्षा छदैछ ।