Logo

विप्लव र प्रकाण्डबीच पार्टीभित्र चरम अन्तर्विरोध : विप्लव भारतमा


काठमाण्डौ- विप्लव र प्रकाण्डबीच पार्टीभित्र चरम अन्तर्विरोध  रहेको छ । अन्तर्विरोध हुनुको मुख्य कारण भनेको चन्दाबाट उठेको रकम रहेको छ । विप्लव र प्रकाण्डबीच पार्टीभित्र चरम अन्तर्विरोध रहेका समाचारहरु प्रकाण्ड पक्राउ पर्नुअघि पनि सार्वजनिक भएका थिए ।

विप्लव नेतृत्वको नेकपाभित्र आर्थिक रुपमा सबैभन्दा बलियो नेता उनै प्रकाण्ड मानिन्थे । कालिकोटको निम्न परिवारका भए पनि पछिल्लो समय पार्टीका नाममा उठाइएको चन्दाको अत्यधिक हिस्सा प्रकाण्डको व्यक्तिगत जिम्मामा रहेको बताइन्छ । पाटीका नाममा उठाइएको चन्दा रकम मनोमानी प्रयोग गरेको आरोप प्रकाण्डलाई लागेको थियो । विप्लवनिकट पत्रकारहरुबीच पछिल्लो चरण भएको वक्तव्यवाजी प्रकरणलाई विप्लव–प्रकाण्ड अन्तर्विरोधकै एउटा रुपमा हेरिएको छ ।

विप्लव भारतमा रहेको कुरा आएको छ, किन भारमा रहे त भन्ने बिषरी रह्ष्यमय छ । विप्लव भारतमा  ‘भन्ने बेलामा नेपालमा सशस्त्र जनयुद्ध सुरु गर्ने भन्ने, आफूचाहिं भारतमा सेल्टर लिएर बस्ने’ नेकपाका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’माथि यस्तो आरोप लागेको छ । विप्लवकै पार्टीका अर्का एक नेताले प्रकाण्ड पक्राउ पर्नुको कारण नै विप्लव भारतमा सेल्टर लिएर बस्नुलाई मानेका छन् । उनका अनुसार सरकारले पक्राउ गर्न पुर्जी काटेको र पक्राउ पर्नसक्ने खतरा रहेको भन्दै केही समयअघिदेखि विप्लव दक्षिणी छिमेकी देश भारत बस्दै आएका छन् ।

आफूले रिस्क मोलेर चन्दा उठाएको भन्दै त्यसरी उठाइएको चन्दा रकम प्रकाण्डले एकाघरका सदस्यका नाममा बैंकमा बचत गरेको स्वीकार गरेको बताइएको छ । ऊर्जावान् युवा नेता विप्लव सुरक्षाका कारण देशबाहिर सेल्टर लिएर बस्न थालेपछि चन्दाबाट उठाइएको रकम आफ्नो निजी प्रयोजनमा प्रकाण्डले खर्च गरेको आरोप उनलाई लगाइएको बताइन्छ । क्रान्तिका लागि उठाइएको चन्दा व्यक्तिगत बनाउनका लागि प्रकाण्ड आफैले पक्राउको नाटक गरेको विप्लव नेतृत्वको नेकपाका एक नेताले दावी गरे ।

बिप्लबका एक नेताका अनुसार, ‘त्यही भएर पछिल्लो समय प्रकाण्ड पक्राउविरुद्ध पार्टीले बोल्ड कार्यक्रम ल्याएको छैन ।’
यसैबीच प्रहरी हिरासतमा रहेका खड्गबहादुर वि ।क । (प्रकाण्ड), मोहन कार्की (जीवन्त) लगायतका नेताले सरकारसँग वार्ता गर्नुपर्ने प्रस्ताव गरेको प्रहरी स्रोतले बतायो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्