Logo

धनगढी अनिश्चितकालिन बन्दको घोषणा, भयो तनाब !


धनगढी । प्रदेशको राजधानी र नामलाई लिएर धनगढीमा जारी आन्दोलनले नयाँ रुप लिएको छ । शुक्रबार प्रदेस संसदले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी राख्ने निर्णयपछि आन्दोलन झन चर्केको हो ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस, राजपा र थारु पार्टीका साथै संघसंस्थाहरुले अनिश्चितकालिन धनगढी बन्दको घोषणा गरेर आन्दोलनमा उत्रेका छन् ।

बन्दको पहिलो दिन शनिबार साँझसम्म बाहिरबाट आउने रात्री सेवाका यातायात आउन दिने बताइएको छ । बन्दकर्ताहरुले मोटरसाइकल चलाउन भने छुट दिइएका छन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । त्यसैगरी उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द छन् । आज शनिबार पनि भएकोले बन्द भएका हुन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्