नेपाली दर्शन र समाजबादी आन्दोलन !
आश कुमार राई
क.माओत्सेतुङका अनुसार, दर्शनको ईतिहास भनेको दुई बिपरित धाराहरुको संघर्षको परिणाम हो। परिबर्तन हुनको लागि बिपरितहरुको संघर्ष हुन जरुरी छ। दर्शनले समाजको साँस्कृतिक र सामाजिक सत्ताको निर्माण गर्दछ र त्यहि दर्शन र सत्ताको चरित्र अनुसारको उस्को बिज्ञान हुन्छ। त्यहि बिज्ञान अनुसारको उस्को उत्पादक शक्ती,अर्थतन्त्र अनि उस्को प्रगती हुन।
पाँच हजार बर्ष पुरानो मानब महासभ्यता संङ्गै बिकाश भएको पुर्बिय दर्शन भित्र मुल त दुई वटा दर्शन पर्दछन।
(१) भारतिय दर्शन। (२) चिनियाँ दर्शन।
तर जुन यी दुई ठुला दर्शन र सभ्यताहरु बिकाश र परिबर्तन नभएको दर्शन तथा सभ्यता पनि हो। त्यही पुर्बिय दुई महासभ्यताले स्थापित गरेको दर्शन भित्रकै एक शासित मुलुक मध्यको एक नेपाल पनि हो। बिशेष पुर्बिय भारतिय दर्शनले शास्त्रीय, प्राचिनकाल र वैदिक काल गरि दुई चरणमा आर्जन गरेको ज्ञान दर्शनको प्रतिनिधि ग्रन्थहरुमा अठार पर्बको श्रीमत भागत गिता, आठ काण्डको रामायण र भिष्म पर्ब, महाभारत ग्रन्थ, पुराण हुन भने यि सबैको समष्ठि बेद हो भने यसको समग्र शरीर हिन्दु धर्म हो।
जुन ग्रन्थहरु मध्यकालिन अध्यात्मकबादी अन्धकारमय युगको कालो सुरुङको नमुना ग्रन्थहरु हुन। जुन ग्रन्थ हरुले आधुनिक कालको लागि भाषा र लिपिको बिकास भन्दा अरु मानव जातीको हितको निम्ति विशेष काम केही पनि गरेको देखिदैन। जो हाम्रो सामाजिक सत्तामा अझै पनि सार्बभौम छन जस्ले हामिलाई अझै नियन्त्रण गरिरहेको छ।
बेद जसलाई अपरिबर्तनिय असंसोधित मानिन्छ जस्ले भगवान सृष्टि कर्ता हुन साथै अन्तिम र निर्णायक शक्ति पनि भगवान नै हुन भन्छ। र यसको बाचनकर्ता, अध्यता, लेखक, स्रोता कार्यनयनकर्ता, ब्याख्याता र संरक्षक हुने प्राबधान ब्राह्मण लाई मात्र ब्याबस्था छ। बिडम्बना जुन ग्रन्थ हाम्रो देशको मुल कानुन भन्दा माथी सार्बभौम अनि शक्तिसालि छ हो यहि नीर हाम्रो समस्या छ।
नेपाल भौगोलिक र प्राकृतिक हिसाबले निक्कै उत्कृष्ट श्रेणिको मुलुक हो । सबै खाले बिकाशको सम्भाबना भए पनि उस्को राजनितिक प्रणाली, शिक्षा प्रणाली, उत्पादन शक्ति र मुलत उस्को दर्शन नै उस्को बिकाशको बाधक तत्व हो, त्यसैले यसलाई सबै भन्दा पहिले बदल्नु पर्छ।
पुनर्जागरणकाल पछि अन्तिम अनि पुर्णमानी बेद जस्तै निगमन बिधिको टोपी लगाएर छोडेको एरिसटोटलको प्राचीन पश्चिमा दर्शनलाई बाईबलिकरण गरे पछि दर्शनको बिकास भएन एक हजार बर्ष लामो कालो धार्मिक युगलाई छिचोल्दै डेमोक्रीटसले भौतिकबादी दर्शनलाई जबर्जस्त स्थापित गरे फल स्वरुप संसारमा भौतिकबादि दर्शनको धारा हुँदै त्यही आगमनात्मक विधिद्वारा बिज्ञानको जन्म भयो।
भौतिकबादी बिज्ञानको जन्म पछि १४००-१७०० यो तीन सय बर्षको अवधी लाई बिभिधताको चरण अथवा बैज्ञानिक क्रान्तिको चरण पनि भनिन्छ। यो अवधिमा जे जत्ती बिज्ञानको क्षेत्रमा प्रगतीहरु भए ति क्रान्तिको रुपमा प्रकट भएका छन। बिज्ञानको तिब्र खोज र अध्यान सुरु भए संङ्गै संसारको नामुद बैज्ञानिकहरु कोपन निकस देखि ग्यालिलियो, केप्लर, बैज्ञानिक क्रान्तिको हिरो न्युटन हुँदै आईन्स्टाईन अनि प्लांक सम्म यो उत्तर आधुनिक युगको बिकाशको निरन्तरतामा यी महान बैज्ञानिक हरुको जन्मको परिणाम हामी अहिलेका भाग्यमानी मानव जातीहरुले पाई सकेका छौं।
उनिहरुको चमत्कारिक आबिस्कारहरुले दुनिया लाई झन झन रहस्यमय बनाई रहेको छ भने मानब जीवन लाई झनझन सहज अनि बिश्वलाई एउटै आगनमा जोडिरहेको छ। त्यसैले बिज्ञान मानव जातिको लागि सबै भन्दा ठूलो उपलब्दी र गर्बको बिषय हो भने आम मानब जातीहरुको महत्वपूर्ण जित अनि प्रगतिको पर्यायबाची पनि हो।
पुनर्जागरण काल संङ्गै पश्चिमा दर्शनमा बिज्ञान हाबी भयो फल स्वरुप पश्चिम दर्शनले कोपन निकस, ग्यालिलियो, केप्लर, न्युटन, आईन्टाईन देखि प्लांकसम्म जन्माई सकेको छ, जस्ले संसारलाई सहज र आनन्दको बनाई रहेको छ।
यता हाम्रो पुर्बिय दर्शन बिशेषत भारतिय दर्शनले भने केहि हजार पण्डित, केही हजारको संख्यामा जोगि र भौतिक संरचनामा आफ्नो गोत्र समाजको लागि केही मन्दिरहरु बनाएको छ। अनि मन्दिरको बाहिर पट्टि लेखिएको हुन्छ, हिन्दु बाहेक अरु लाई प्रबेश निषेध छ, हो यहि हो हाम्रो देशको दर्शनको वास्तविक प्रतिबिम्ब !
अब पण्डितहरु जस्तो शिक्षित जमातले समाज लाई कस्तो शिक्षा र संस्कार दिन्छन? अनि जोगिहरु जस्ता जनशक्तिले के उत्पादन गर्छन र समाज लाई दिन्छन? आफ्नो मौलिक कलाको प्रबर्द्धन गर्नु पर्नेमा अरु लाई हेर्नै निशेध छुनै निषेध गर्ने शिप, कला कौसल र संस्कृतिले हामिलाई कसरी माथी पुर्याउछ? अनि यस्तो हात, खुट्टा, टाउको ,आँखा केही नभएको निर्जिब ढोंगी दर्शनले हामि लाई कसरि माथी उठाउँछ ?
नेपाल भौगोलिक र प्राकृतिक हिसाबले निक्कै उत्कृष्ट श्रेणिको मुलुक हो । सबै खाले बिकाशको सम्भाबना भए पनि उस्को राजनितिक प्रणाली, शिक्षा प्रणाली, उत्पादन शक्ति र मुलत उस्को दर्शन नै उस्को बिकाशको बाधक तत्व हो, त्यसैले यसलाई सबै भन्दा पहिले बदल्नु पर्छ। उक्त प्राचीन कालिन बेद दर्शनको अनुसार बेदका संरक्षक अनि त्यसको ब्याख्याता ब्राह्मण जातिले आफू यो देशको निर्बिकल्प सासक मान्दछन अनि आफू लाई भगवानको कारिन्दा ठान्दछन।
त्यसैले यो मुलुकको परिबर्तन र बिकासको बाधक तत्व ब्राह्मणवाद हो, ब्राह्मणवाद जाती हैन, चरित्र अथवा मुलत यो नेपालको सन्दर्भमा जबर्जजस्त दर्शन हो। यसले जाहानिया राणा र शाह बंशहरुमाथी समेत साँस्कृतिक शासन गरेको कुरा सुस्पष्ट छ। त्यसैले यो सिलसिलामा चली आएको परम्परा लाई पनि तुरुन्त तोड्नु पर्छ।
यो कथा र सड्यन्त्रले चलेको मुलुक हो। यहाँ वास्तबिकता लाई लुकाउन र सत्य कुरो लाई ड्राईभट गर्न जे पनि गरिन्छ। कथित समानता, एकता, स्वाधिनता अनि अखण्डताको मीठो अनि गर्बिलो कुरा गरिन्छ अनि समाजबादको सुरिलो नारा घन्काईन्छ। तर यो पाँचहजार बर्ष पुरानो मानबिय सभ्यताको बिकास र आधुनिक बिज्ञानको मुख्य बाधक संस्कृतिलाई हटाउन कोहि पनि तयार हुँदैनन बरु विभिन्न बहानामा यसको संरक्षण गर्न लागि पर्दछन त्यसैले यो सासकिय संस्कृतिक चिन्तनको बार भत्काई समाजबादी संस्कृतिको चेतना बाँड्नु पर्छ।
यहाँ थुप्रै कम्युनिष्ट पार्टि नामका नाङ्ले पसलहरु छन अनि पसलै पिच्छे कम्युनिष्ठ पार्टिको झण्डा मुनि समाजबादको भाषण गरिन्छ। अनि देशमा आमूल परिबर्तन गर्न भनि पुराण लगाईन्छ। भए भरको मीठो शब्दजाल बुनेर लोकप्रीय बनेर सत्तामा पुगेपछी महाराजको बिलासी जीवन लाई छाँयामा पार्दछन र फेरि भन्छन समाजबादी आन्दोनन जारि छ। त्यो ढोंगी अनि सामन्तबादि पुँजिबादको छाँया कम्युनिष्ट चरित्र त्यगी क्रान्तीकारि शक्ति एकताबद्द हुनु बिलम्ब गर्नु हुँदैन।
हाम्रो सासकको चरित्र र त्यहाँको सासकको चरित्र यत्ती हेरे हामिले हाम्रो कमि कम्जोडी कहाँ छ भन्ने कुराको उदाहरणको लागि उत्तर कोरिया त हाम्रो देश लाई तुलना गर्दा हामि कहाँनिर चुक्यौ भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ कि ?
“मार्कसका अनुसार, दार्सनिकहरुले बिभिन्न तरिका बाट संसारको व्याख्या गरे तर मुल कुरा यसलाई बदल्नु हो” यहाँ पनि परिबर्तनको निमित्त बेला बेलामा विभिन्न नाममा आन्दोलनहरु नभएका होईनन त्यहि आन्दिलनको दोडानमा बिशेष दुईवटा धारबाट बिपिकोईराला र पुष्पलालले हाम्रो समाजमा समाजबादको दुईवटा भ्रुण रोपेर गएका छन।
बिपि कोईरालाको समाजबाद पुँजिबादी समाजबाद थियो जो नाम मात्रैको समाजबाद हो। जस्को अन्त्यस्ठि दरबारमा भयो तर अझै काङ्रेस नामको पार्टिले दरबारले खाईदिएको बिपिको समाजबाद चुनाबी मौसमहरुमा अर्गानिक भट्टिहरुमा नेपालीकाङ्रेसको प्रजातान्त्रिक समाजबाद भनेर नारा लेखिएको टोपी र टिसर्टहरु अझै देख्न पाईन्छ।
पुष्पलालको समाजबाद बैज्ञानिक समाजबाद उन्मुख थियो। जस्लाई सरकारी गद्दिमा चढेर आज केही बिसा पण्डितहरुले समाजबादको जप गर्दै चरु पोलेर कुपोषित ती बिकास र समृद्धिको मन्त्र पाठ गर्दै होम लगाई रहेका छन। जुन कुरा यहि अवस्थामा असम्भब छ त्यसको लागि सामाजिक सत्ता र उत्पादन शक्ति सबै भन्दा पहिले फेर्नु पर्दछ। किनकी कपडा मैला भएपछि सफा गर्नको लागि धोईन्छ र त्यस लाई सफा गर्नको लागि सफा पानीले धुन आवस्यक छ।
त्यसैले त्यो सफा पानी भनेको मार्क्सबाद र बिज्ञान हो, हाम्रो जबर्जस्तको निकम्मा दर्शन ब्राह्मणबादको ठाँउमा मार्कसबाद लाई ल्याएर राख्ने अनि १९१७ को रुषी फेब्रुअरी क्रान्ति पछिको केरिस्की चरित्र संङ्ग ठ्याक्कै मिल्दोजुल्दो चरित्र बोकेको बर्तमान सरकारलाई अपदस्त गरेर समाजबादी नीति संङ्गै बैज्ञानिक नयाँ नीति तथा कारेक्रम ल्याएर मात्र बिकास र समृद्धिलाई कुपोषणबाट मुक्त गराई बल्ल सहज ढंङ्गले हिडडुल गर्न सक्ने बनाउनु सकिन्छ।
अनि हामी पनि बिश्वको कुनै देशमा पुग्दा रद्दिको टोकरिमा मिल्किनु पर्दैन र अमेरिका जस्तो मुलुकमा पुग्दा हाम्रा राष्ट्रध्यक्षहरुलाई दोस्रो दर्जाको मानिसको ब्याबहार गर्ने परिपाटी पनि आफै बदलिन्थियो कि ? उत्तर कोरियाको भुगोल र हाम्रो भुगोल, त्यहाँको जनसंख्या र हाम्रो जनसंख्या, त्यहाँको ब्याबस्था र हाम्रो ब्याबस्था, त्यहाँको ईतिहाँस र हाम्रो ईतिहाँस, त्यहाँको जातिय सभ्यता र यहाँको जातिय सभ्यता त्यहाँको दर्शन र हाम्रो दर्शन, त्यहाँको उत्पादक शक्ति र हाम्रो उत्पादक शक्ति, हाम्रो सासकको चरित्र र त्यहाँको सासकको चरित्र यत्ती हेरे हामिले हाम्रो कमि कम्जोडी कहाँ छ भन्ने कुराको उदाहरणको लागि उत्तर कोरिया त हाम्रो देश लाई तुलना गर्दा हामि कहाँनिर चुक्यौ भन्ने कुरा पत्ता लगाउन सहज हुन्छ कि ?