Logo

नेपाल–मलेसियाबीच श्रम सम्झौता


काठमाडौँ । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको छ । नेपाली प्रतिनिधिमण्डल र मलेसियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच आज भएको वार्तामा सो सहमति जुटेको हो । यो सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि मात्र कार्यन्वयनमा आउनेछ ।

कामदार आपूर्तिबारे भने नेपालको चासो अनुसार नै मलेसियाले सम्बोधन गर्न तयार रहेको जनाएको छ । भने कामदारको छनौट प्रकृयामा लाग्ने सवै खर्च पनि मलेसियाले व्यहोर्न सहमत भएको छ । यसरी शुन्य लागतमा मलेसिया कामदार जान पाउने भएपछि वैदेशिक रोजगार व्यवसायी संघले सहमति स्वागतयोग्य रहेको जनाएको छ । विभिन्न ऐजेन्सीले मलेसिया जाने कामदारबाट अवैध रकम असुलेको भन्दै नेपाल सरकारले खारेजी गरेको थियो ।

तसर्थ , पाँच महिनादेखी मलेसियाका लागि कामदार आपुर्ति ठप्प भएको थियो ।  मलेसिया भिसा शुल्कबापत रु ७०० तोकेको थियो । भने विभिन्न ऐजेन्सीहरुले एकाधिकार कायम गर्दै बढी शुल्क लिदैँ आएका थिए ।

वार्तामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल र क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत खरेल सहभागी थिए । त्यस्तै मलेसियाका तर्फबाट गृह तथा मानव संशोधन मन्त्रालयका सहसचिव तथा नीति योजना महाशाखाका प्रमुख सहभागी थिए ।

ऐजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्