मन्त्री पोखरेलको राजिनामा दिनुपर्छ- केसी
काठमाडौं– चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको माग गर्दै आएका डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजिनामा माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले सरकारले आफनो पुरा नगरी ब्ल्याकमेलीङ गरेको भन्दै राजिनामा मागेका हुन् ।
केसीको १५ औँ अनसनमा सरकारले शिक्षा विद्येयक संसदबाट पारित गर्ने सहमति गरेको थियो । तर सो विधेयक पारित हुनुको सट्टा शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको । केसीले फेरि १६ औँ अनसन गर्ने चेतावनी दिएका छन् ।गरेको सहमतिअनुसार डा।केसीसँग १५ औं अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार शिक्षा विद्येयक संसदबाट पारित गर्नुपर्नेमा नगरिएकोमा डा। केसीले आपत्ति जनाएका छन् । सो विद्येयक अहिले शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको छ ।
यस शन्दर्भमा केसीले भने, ‘सरकारले माग सम्बोधन गर्ने सवालमा बारबार धोका दिएको छ, त्यसकारण जुन सुकै समयमा पनि १६ औं अनशन सुरु गर्नसक्छु ।’ ‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ ।’