नेपाललाई गौतमकोे समर्थन
काठमाडौं । अहिले नेकपाका अध्यक्षद्धय नेपाल बाहिर छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अमेरिका भ्रमणमा छन् । भने पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका लागि सिंगापुरमा छन् । तर यता नेपालमा भने माधव नेपालले पार्टीको व्यवस्थापनमा असन्तुष्टि जनाउँदै स्थायी कमिटि सदस्य भेला आयोजना गरेका छन् । यसरी असन्तुष्ट देखिएका नेपालको यो चियापान भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । चियापानको नाममा उनले आज आयोजना गरेका कार्यक्रममा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङलगायत नेताहरुको उपस्थिति थियो ।
भेलामा नेपालले पार्टीमा अध्यक्षलाई एकाधिकार भएको बताएका छन् । साथै स्थायी कमिटिका सदस्यहरुलाई चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन समेत आग्रह गरे । नेपाललाई सरकारले गरेका काममा पनि चित्त बुझेको छैन ।
भेलामा माधव नेपालको कुरामा बामदेव गौतमले पनि सहमति जनाएका छन् । उनले पनि नेपालले जस्तै छिटो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिनुपर्ने बताए । ४५ सदस्यीय स्थायी समितिमा एमालेका तर्फबाट २५ र माओवादीबाट २० जना छन् ।