गृहमन्त्री ज्यु, किन दोषी पता लागेन ?
नेपालना खुला बिश्वबजारिकारण सँगसगै बिभिन्न रुपमा समाज खुला भयो । समाजको निरन्तर गतिको बिकास भयो, प्रबिधिले फडको मारो र बिकृती पनि भित्री यो । यस्तै एक घटना कहाँली लाग्दो नाटकिय घटना हो, निर्मला पन्त बलात्कार र हत्या काण्ड । निर्मला पन्त बलात्कार र हत्या प्रकरणबारे भएका अनुसन्धानका प्रगति सुनाउन संसद्को राज्य व्यवस्था समितिमा बुधबार र महिला र सामाजिक समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री रामबहादुर थापाको मन्तव्यले सरकारप्रति थप वितृष्णा जन्माइदिएको छ।
बलत्कार बिभिन्न तरिकाले होल,अनियन्त्रित मदिरा, अश्लील साइटको प्रयोग, सामन्ती सोच र पुँजीवादका कारण बलात्कार बढिरहेको भन्ने तथ्य तपाईले राखी रहदा मोस्ट वान्टेत एउटा घट्ना निर्मला पन्त बलात्कार र हत्या काण्ड किन यती समय हुँदा सम्म पनि पता लागेन ? यो प्रश्न तीन करोड नेपाली हो । त्यसैले त्यहाँ समयक्रमसँगै विकास भएका विचार, अवधारणा र मान्यताबारे छलफल सगा यस किसिमको ठुला अपराअधिलाई किन नपक्रीएको हो ? नेपाल प्रहरी त्यती कमजोरी छ जस्तो लाग्दैन कि अपराधी ठुला भएर हो वा राजनितिक पहुच भएर हो ? अब जनतालाई उतर र अपराधिलाई कार्बाही हुनुपर्छ । त्यसै अनुरूप कानुन निर्माण गरिनु पर्दछ । बलात्कार के कारणले बढिरहेको छ, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।
सबै इमान्दारी भएर गहिरो अनुसन्धान गर्ने हो भने यो घटना छिटै सत्य पता लाग्छ । बलात्कारका कारणहरूको विवेचना गर्ने हो कि अनुसन्धानलाई अगाडि बढाउने हो ? प्रमाण मेटाइएको, मुचुल्कामा किर्ते औंठा छाप गरिएको, अनुसन्धान प्रक्रियामा प्रहरीबाटै लापरबाही भएको आपैम्ंले बताइरहँदा त्यसका कर्तालाई कारबाही गर्नुपर्छ भन्ने सामान्य हेक्काबाट अगाडी बढ्नु पर्छ । घटना भएको छ, अपराध भएको छ, अपराधी खोइ ? अपराधमा प्रमाण मेटाउने काम भएको छ, त्यस्तो लापरबाही गर्ने व्यक्तिलाई कारबाही र उसैमाथि अनुसन्धान खोइ ?
हामी राज्यमा बिश्वास राख्छौ तर निर्मला पन्तको घटनालाई राज्य तहबाटै फुकाउन नसक्ने गुजुल्टो बनाइएको छ। जे काम गर्न नियुक्त भएका निकाय हुन्, तिनै निकायले त्यही काम गरेका छैनन्। प्रहरीले अनुसन्धानमा लापरबाही गरेका छन्। के प्रमाणबिना कुनै अनुसन्धान रोकिन्छ ? अपराधशास्त्र भन्छ- तर्क पनि प्रमाण हुन्छ। जानाजान नियतवश किर्ते औंठाछाप र प्रमाण मेटाउने कार्य के आपैम्ंमा प्रमाण होइन ? त्यसरी प्रमाण मेटाउनेलाई सामान्य विभागीय कारबाही मात्र गरेर पुग्छ ? अघी बढेर काम गरेको उतर चाहियो ।
भनिन्छ, पुजिबादी बजारमा आशुको ब्यापार गरिन्छ । यस्ता अपराधबाट कसैलाई लाभ प्राप्त नहोस । कसरी राज्यशक्तिनिकटहरू कानुनी दायराभन्दा माथि रहने गरेका छन् ? के यही नै हो नेपाली लोकतन्त्रको विशिष्टता ? लोकतन्त्र कानुनको शासन हो, जहाँ सबै बराबर हुन्छन्। समान अपराधको समान सजायका भागीदार हुन्छन् । समयले तपाईलाई राम्रो काम गर्नु भो भने सगारथा शिखर पुराउने छ, इतिहास एक कार्य हुनेछ । नेपाली जनता उतरको प्रतिक्षाम बसेको छन ।