सांसदहरुलाई जिउँदै जलाउन निर्देशन दिएर मेयर काठमाडौँ टाप
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सांसदहरुलाई घरघरमा गएर जलाउन स्थानीयलाई निर्देशन दिएर आफू काठमाडौँ पुगेका छन् । उनले ७ नम्बर प्रदेशका स्थायी राजधान धनगढीमै हुनुपर्ने भन्दै आन्दोलन उत्रेका स्थानीलाई उचालेर सो दिर्नेशन दिएका हुन् । मेयर वडले संसद भवन अगाडि नै सांसदहरुलाई घरघरमा गएर जलाउन निर्देशन दिँदै त्यसको जिम्मा आफूले लिने समेत बताएका थिए । उनले अपशब्द समेत प्रयोग गर्दै सांसदहरुलाई २४ घण्टाभित्र धनगढी छोड्न चेतावनी समेत दिएका थिए । तर, आफूले नै धनगढी छोडेर काठमाडौं पुगेका हुन् ।
स्रोतका अनुसार मेयर वड विदेश जाँदैछन् । त्यही क्रममा उनले धनगढी छोडेका हुन् । काठमाडौँबाटै आफ्नो अभिव्यक्तिप्रति क्षमा माग्दै विज्ञप्ति निकालेको बताइएको छ । सत्तापक्षका २० जना सांसदहरुले आफूहरुको अपमान गर्नुको साथै ज्यानमाथि खतरा भएको भन्दै जिल्ला प्रशासन कैलालीमा कारवाहीको माग गर्दै विहीबार उजुरी दिएका छन् ।
मेयर वडले २४ घण्टाभित्र सांसदहरुले धनगढी छोड्न चेतावनी दिएको भन्दै सांसदहरुले ज्यानसमेत जोखिम पर्नुको साथै हुलदंगा हुन सक्ने भन्दै कारवाहीको माग गरेका छन् । उनीहरुले स्थानीयलाई भौतिक रुपमै आक्रमण गर्न निर्देशन दिएकोले कुनै बेला पनि अप्रिय घटना हुन सक्ने चिन्ता समेत व्यक्त गरेका छन् । “कुनैपनि समयमा सांसदहरुको जिउ ज्यान मेत जोखिममा पर्न सक्ने, तत्काल अप्रिय घटना घट्न सक्ने, हुलदंगा हुन सक्ने, शान्तिसुरक्षामा खलल पुग्न सक्ने, अपुरणीय क्षति हुन सक्ने प्रबल आशंकाको स्थिति सिर्जना भएकोले तत्काल धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र निजबाट परिचालित व्यक्तिहरु पक्राउ परी आवश्यक कारवाही गरी पाउन यो निवेदन गरेका छौं” उजुरीमा उल्लेख छ ।
कारवाहीको माग गर्ने सांसहरुमा हर्कबहादुर कुँवर, बलदेव रेग्मी, नन्दबहादुर साउँद, मानबहादुर धामी, देवकी मल्ल, बलबहादुर सोडारी, अक्कलबहादुर रावल, लिलाधर भट्ट, कृष्णराज सुवेदी, महेशदत्त जोशी, गेल्वुहिंह बोहरा, अम्मरबहादुर साउँद, नेपाली चौधरी, शुशिला बुढाथोकी, शान्ती नेपाली, पूर्ण जोशी, मनाकुमारी साउँद, मानबहादुर सुनार, दुर्गा बिक, माया तामाङ र अर्बना गहतराज रहेका छन् ।