Logo

फुटबलामा राज गर्ने सक्ने ‘एमबाप्पे फुटबलका भविष्य हुन्’


पेरिस (एजेन्सी)–फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे फुटबलको भविष्य भएको फ्रान्सेली लेजेन्ड डेभिड ट्रेजगुएटले बताएका छन् ।

 

एमबाप्पे जस्तो खेलाडी कोहि नभएको र उनी फुटबलको भविष्य हुन सक्ने डेभिड ट्रेजगुएटले बताएका हुन् । ‘फिफाको द बेस्ट अवार्ड रियलका मोड्रिचले पाए पछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सीको युग समाप्त हुन थालेको अनुमान गर्न सकिन्छ । तर, डेले अली, केलियन एमबाप्पे, सिल्भा जस्ता युवा खेलाडीको बारेमा हामी सोच्न सक्दैनौ की फुटबल प्रतिभाशाली प्रचारकमा कमि हुनेछ,’ उनले भने ।

युरो २००० का स्टार डेभिड ट्रेजगुएटले भने, ‘एमबाप्पे एक यस्तो खेलाडी हुन् जसले आफ्नो क्लब र राष्ट्रिय टिममा आफ्नो प्रतिभा देखाएका छन् । मलाई लाग्छ की उनी उपस्थित छन् । तर, अरुभन्दा पनि माथि । उनी फुटबलका भविष्य हुन् ।’

डेभिड ट्रेजगुएट मात्र हैनन्, नयाँ पिएसजी प्रशिक्षक थोमस टुचेल समेत फ्रान्सेली युवा खेलाडीका प्रशंसक हुन् । ‘मैले सुनेको छु की बार्सिलोनामा आन्द्रे इनिस्टाका बारेमा कोहि कुरा गर्दैछन् । यो एकेडेमिको कुरा हो जहाँ उनको बारेका कुरा भइरहेका थियो । उनी कसरी विकसित भइरहेका छन् त्यो कुरा महत्वपुर्ण हो, डेभिड ट्रेजगुएटले भने ।’

प्रशिक्षक टुचेलले भने, ‘एमबाप्पेसँग भरपुर क्षमता छ । तपाई उनीसँग सवधान रहनु पर्छ । उनी दिन–प्रतिदिन आफ्नो व्यवसायीकतामा केन्द्रित रहन्छन् । मलाई विश्वास छ की उनको मुल्याङ्कन आउने दिनमा विस्तृत रुपमा हुनेछ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्