Logo

उदयपुरको एक कम्पनी कार्यलयमा ताला बन्दी


उदयपुर-उदयपुरमा एक कम्पनीको कार्यलयमा ताला बन्दी गरिएको छ । कर्मचारी मागको सुचना प्रकाशन गरेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट कम्पिनीले नतिजा सार्वजनिकमा अनियमित्ता गरेको भन्दै दरखास्त दिनेहरुले उक्त कम्पनीलाई तालाबन्दी गरेका हुन् ।

कम्पनीले १० जना सामाजिक परिचालकको माग गरि सुचना प्रकाशन गरेकोमा ९१ जनाले फारम भरेका थिए ।
यसमा ११ जनाको नाम कम्पनिले नीति नियम विना आफु खुुसी निकालेको र आफ्नै विज्ञापनलाई समेत आधार नमानि मानोमानी ढङ्गले परिक्षाफल प्रकाशन गरेकोमा आपति जनाउदै ताला बन्दि गरको संयोजक प्रलाद बहादुर खत्रीले बताए । कम्पनीले समाजिक परिचालक भनेर सुचना सार्वजनिक गरेपनि फिल्ड अपरेटर नियुक्ति गरिएको र कम्पनिको काम कार्यप्रति स्पस्ट समेत नभएको खत्री बताए ।

कम्पनिले फारमको तीन सय रुपियाँ लिएको तर कसैलाई पनि रसिद भरपाई नदिएको अन्तमा चित्त बुझ्दो नतिजा समेत सार्वजनिक नहुनुमा आफुहरु असन्तुष्ट भएको दरखास्तवालाहरुले गुणासो पोखेका छन् ।

यस विषयमा सम्बिन्धीत निकाय संग छानविनको माग गरिएपनि चासो नदेखाएपछि ताला बन्दी गर्न बाध्य भएको संयोजक खत्रिले जनाकारी दिए । यस विषयमा सत्य तथ्य रुपमा छानविन नभई कुनै प्रकारको शक्तिको प्रयोग गरि ताल खोल्न खोजेमा कडाईका साथ आन्दोलनमा उत्रने विज्ञप्तिमा उल्लेख गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्