फुलपाती अघि नै घर जान विभागको आग्रह
यातायात व्यवसायीले दशैका लागि गाडी नथप्ने भएको छ । भने यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था सोचेको छैन । अब यो वर्षको दशैमा गाडी अभाव हुने देखिएको छ । त्यसैले विभागले सजिलो उपाय, फुलपाती अघि नै घर जान यात्रुलाई आग्रह गरेको छ । फुलपाती पर्खिदा टिकट नपाउने भन्दै विभागले फुलपातीअघि नै घर जान आग्रह गरेको हो ।