मन्दिरको भेटिले चलेको स्कुल
अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ। वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ। यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्।
१० शिक्षकलाई तलब पुगेको छ । ‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन्।
शान्तिमा रहेका १० शिक्षक मध्ये ४ लाई तलब दिन पुगेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए।
धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।