Logo

सुन तस्कर निरौला तारेखमा रिहा


विराटनगर । त्रिभुवन विमानस्थलबाट भएको अर्बौँ मूल्यको सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका पूर्वडीआईजी गोविन्द निरौला रिहा भएका छन् ।
पूर्वडीआईजी निरौलालाई विराटनगर उच्च अदालतले साधारण तारखेमा रिहा गर्न आदेश दिएको हो । थुनामा पठाउने जिल्ला अदालत मोरङको आदेशलाई एकपछि अर्को गर्दै उल्टाइरहेको उच्च अदालतले निरौलालाई पनि रिहा गर्न आदेश दिएको हो ।

पूर्वडीआईजी निरौलासहितले सुनकाण्डमा निर्दोष रहेको भन्दै थुनामुक्त गराइ पाउन उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतको आदेशमा यसअघि एसएसपी दिवेश लोहनी र डीएसपी प्रजीत केसीलाई पनि रिहा गर्न आदेश दिइसकेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्