Logo

‘विकिलिक्स’को प्रधान सम्पादकमा ह्राफसोन नियुक्त


लन्डन, (एजेन्सी) । विश्व चर्चित अनलाइन पोर्टल विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् । अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने बताइएको छैन । विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेटमार्फत सार्वजनिक गरी विश्वचर्चित भएको विकिलिक्सका ४७ वर्षीय संस्थापक जुलियन असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासमा केही वर्षदेखि शरण लिएर बसेका छन् । विकिलिक्सले असान्ज नै समूहको प्रकाशक हुने जनाएको छ ।

इक्वेडरमा नयाँ राष्ट्रपति चुनिएलगत्तै असान्जको सञ्चार सम्पर्क मार्चदेखि विच्छेद गरिएको छ । विकिलिक्सको बुधबारको वक्तव्यमा असान्जले आफू सञ्चार सम्पर्कविहीन भएको बताएका छन् । असान्जले यसअघि समूहको प्रवक्ता, प्रकाशक र सम्पादक स्वयम आफू रहेको बताउँदै आएको थिए  । ह्राफसोनले आफूमाथि आएको नयाँ जिम्मेवारी स्थायी वा अस्थायी के हो भन्ने अझै थाहा हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्