Logo

महिला हिंसासँग सम्बन्धित ९० प्रतिशत घटनाको दोषीलाई कारवाही गरेको दावी- गृहमन्त्री !


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको दावी गरेका छन् ।आज बिहिबार महिला हिंसा न्यूनिकरण सम्बन्धी सरकारको काम कारवाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै गृहमन्त्री थापाले बाँकी १० प्रतिशत घटनाका दोषीलाई पनि अब छिट्टै कार्वाहीको दायरामा ल्याउने पनि बताए ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिदै गृहमन्त्री थापाले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानविनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए । तर, महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह पनि गरे । यसैगरी गृहमन्त्री थापाले समितिसमक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको पनि बताए !

आज बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिएका थिए । यसमा समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण नहुने,त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याउदै सुझाव दिइन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्