Logo

१० रूपैयाँ दिएर फकाउँदा नमानेपछि श्रीयाको घाँटी थिचेँ-‘बलात्कारी’को बयान


पोखरा : पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या अभियोगमा ३० वर्षीय कुसुम पौडललाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको बताए ।

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको उनले बताए । केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी पाँच रूपैयाँ दिएका थिए ।

‘त्यसपछि पुनः १० रूपैयाँ देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजेँ’, पौडेलको बयान उद्धृत गर्दै रानाले भने, ‘श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिएँ ।’ पौडेलले श्रीयालार्इ झाडीमा फालेपछि बलात्कार गरेका थिए । ‘झाडीमा फालेपछि घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरेँ’, पौडेलले बयानका क्रममा प्ररहरीसँग भनेका छन् ।

श्रीयाको बलात्कारपछि हत्याको विरोधमा स्थानीयवासीले बुधबारै विरोध जुलुससहित जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिए । उनीहरूले हत्यारालाई हदैसम्मको कारवाही गर्न पनि माग गरेका छन् । श्रीयाका छिमेकीसमेत रहेका ३० वर्षीय पौडेललार्इ अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनी श्रीया बस्दै आएको हजुरबाको घर नजिकैका बासिन्दा हुन् । श्रीया छिमेकी कुसुमको घर २ मिनेटको दुरीमा छ । उनका ४ वर्षीय बच्चा पनि छन् ।

सोमबार साँझ बिस्कुट किन्न पसल गएकी श्रीया त्यही बेलादेखि हराएकी थिइन् । मंगलबार बिहानै उनलाई घर नजिकैको झाडीमा अर्धनग्न अवस्थामा मृत भेटाइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) ले बालिकाको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्ट दिएपछि अभियुक्तको खोजी गर्ने क्रममा कुसुमलार्इ पक्राउ गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्