Logo

चितवनमै मोटरसाइकल उत्पादन हुने, भारतीय र इटालियन कम्पनीले करोडौँ लगानी गर्दै


देशमा स्थिर सरकार बनेर लगानीको वातावरण बन्दै गएपछि चितवनमा उत्पादनमूलक उद्योगमा करोडौं रुपैयाँको नयाँ उद्योगहरु थपिने भएका छन् । उद्योग विभाग काठमाडौँले जनाएअनुसार पछिल्लो समयमा चितवनमा इटालियन र भारतीय उद्योगले लगानीमा चासो देखाएका छन् । चितवनमा आउने भारतीय र नेपालीको संयुक्त लगानीको विश्वकर्मा इन्जिनियरिङले एक करोड रुपैयाँ लगानीमा २५० टन नट बोल्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

चितवनमा ७५ लाख रुपैयाँ विदेशी लगानीको इटालिएन कम्पनी बेला इलेक्ट्रिक अटोले वार्षिक ४५० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्ने लक्ष्य लिएको छ । यसअघि नै तेस्ला एअर कन्डिसनले चितवनको रामपुरबाट उत्पादन गर्ने तयारी गरिसकेको छ । चितवन मात्र नभएर चितवनको छिमेकी जिल्ला नवलपरासीमा आउने गोयल ईस्पात भदौमा आएका उद्योग मध्ये सबै भन्दा ठूलो उद्योग हो ।

दुई अर्ब रुपैयाँ लगानीमा आउने उद्योगले विभिन्न किसिमका गरि वार्षिक एक लाख १० हजार टन पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ । गोयल स्पातले जीआई र एमएस पाइपसँगै विद्युत पोललगायतका सामग्री उत्पादन गर्ने लक्ष्य लिएको छ। नवलपरासीमा आउने टेन स्टिल उद्योगले २४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । उद्योगले मिल टि स्टील र स्टीलनेश स्टिल पाइप गरी वार्षिक १८ हजार टनभन्दा बढी फलामे पाइप उत्पादन गर्ने लक्ष्य लिएको छ ।

नवलपरासीमै आउने अर्को स्टिल उद्योगमा सिद्धार्थ पाइप्स प्रालि रहेको छ । २४ करोड रुपैयाँ लगानीमा आउन लागेको उद्योगले विभिन्न किसिमका १२ हजार ९६ टन पाइप उत्पादनको लक्ष्य लिएको छ । उद्योग विभागको तथ्यांकअनुसार भदौ महिनामा देशभर गरेर १९ वटा उत्पादनमूलक ठूला उद्योगमा लगानीको प्रस्ताव आएको हो । साउनमा १२ वटा उत्पादनमूलक उद्योगमा ४ अर्ब ५७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने कुल लगानीको करिब ८० देखि ९० प्रतिशतसम्म उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता आएको नारायणी अनलाइनले जनाएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्