Logo

नेपालमा रोजगारीको सुचना दिने उत्कृष्ट ६ वेबसाइटहरु!


बितेको एक दशकमा बेरोजगार देशको सबैभन्दा ठुलो समस्या बनेको छ । यस समस्याको समाधानको लागि २०७५/७६ बजेट भासणमा सरकारले आगामी आर्थिक वर्षमा ५००,००० ओटा रोजगारीको अवसर शृजना गर्ने घोषणा गरेको छ  । साथै बिभिन्न सरकारी तथा गैरसरकारी सस्था हरु बाट नया रोजगारीको अवसर बेला बेलामा बाहिर आइरहेको हुन्छ तर कतिपय अवसर को बारेमा हामीले थाहा पनि पाउदैनउ  ।

कतै तपाई पनि रोजगारीको अवसर सम्बन्धित सूचना दिने भरपर्दो माध्यम खोज्दै हुनुहुन्छ? यदि खोज्दै हुनुहुन्छ भने तपाई सहि ठाउँमा हुनुहुन्छ, हामिले यस लेखमा नेपालका चर्चित र भरपर्दो रोजगार सम्बन्धित सूचना दिने केहि अनलाईन वेबसाइटहरु उल्लेख गरेका छौ  ।

सन् २०१४ देखि First Job Nepal अन्तर्गत खुलेको KumariJob, अहिले सबैले सुनिरहेको नाम हो । अहिले KumariJob ले बिभिन्न किसिमका सेवा हरु दिदै आएको छ जस्तै staffing service, Outsourcing, HR consulting, Job posting service, र Corporate training । हाम्रो उत्कृस्ट ६ मा Kumarijob परे पनि, यस वेबसाईटमा सुधार्न पर्ने थुप्रै कुराहरु छन्  ।  जस्तै वेबसाईटको मुख्य पृष्ट नै निकै लामो र दिक्कलाग्दो छ  ।

 

MeroRojgari.com गूगल मा “Job portal Nepal” भनेर खोज्दा पहिलो स्थान मा आउन सफल नाम हो । यसबाट नै थाहा हुन्छकी यो कसरी नेपालमा उदाउदै छ  ।  यस वेबसाइटको इंटरफेस ( user interface)  अरु job portal को भन्दा सरल छ तर यस वेबसाइटमा जो सुकैले पनि “Resume” ट्याबमा गएर अरुले बुझाईएको CV हेर्न सकिन्छ  ।

JOBSNEPAL ले लामो समय देखि नेपालमा सेवा दिदै आएको छ  । २०५७ मा स्थापना भएको JobsNepal अहिले १८औ वर्षमा छीरेको छ  ।१०,००० भन्दा बढी कम्पनी/संस्थाको प्रचार गर्ने र ३०,०००+ रोजगारी खोज्नेहरुको प्रोफाइल भएको JobsNepal मा दैनिक ८०००+ वेबसाईत हेर्न आउछन  ।  JobsNepalले IT, I/NGOs, पर्यटन लगायत सरकारी नोकरीको सूचना पनि दिने गर्छ  ।

 

KANTIPURJOB खोल्दा, झट्ट हेर्दा सबैभन्दा राम्रो देखिन्छ ।  यसले दैनिंक पत्र-पत्रिकामा छापिएका रोजगारीको सूचना बारे छुटै बिशेष ट्याब नै राखेको छ ।  यसले आफ्नो वेबसाईटमा, रोजगारी खोज्न आउनेहरु मध्य ८९%ले यस वेबसाईटबाट रोजगारी पाउन सफल भएको बताएको छ ।

 

भर्खरै २०१७ मा खुलेको JOBSJEE, एक वर्षको सानो समयमै हाम्रो TOP ६ मा पर्न साफल भएको छ  । JobsJee हाम्रो TOP ६ मा पर्नुको मुख्य कारण, अहिले सम्म को राम्रो Job Searching App हो  । JobsJeeको app अहिले १०,००० भन्दा बढीले डाउनलोड गरिसकेका छन  ।MeroJob र KumariJob को नि मोवाइल app भएता पनि, JobsJee जति updated छैन  ।

 

२५०,००० रोजगारी दिलौना सफल भएको, १ करोड प्लस वेबसाईत visits र ३५०,०००+ रोजगारी खोज्नेहरुको जमात भएको MeroJob नेपालको न. १ रोजगारी खोज्न प्रयोग हुने वेबसाईट बन्न सफल भएको छ  । हालसालै मात्रै नया रि-डिजाइन गरिएको MeroJob बिल्कुलै फरक र आक्रर्षक देखिएको छ । यसको वेबसाईतमा रोजगारी लगायत सबै जानकारी सजिलै संग खोज्न सकिन्छ तर रोजगारीको लागि apply गर्न MeroJob मा नया एकाउन्ट बनाउनु नै पर्ने हुन्छ  ।

आफैले आफ्नो बिस्तृत जानकारी वेबसाईटमा भरेपछि, MeroJob ले तुरुन्त CV तयार पारिदिन्छ. Job इन्टरविउको तयारीको लागि बिशेष जानकारी भएको छुटै Job KuraKani भन्ने ट्याब वेबसाईटमा पाउन सकिन्छ । अझ केहि समस्या परेमा, MeroJob कै कर्मचारी संग अनलाइन च्याट गरी छलफल गर्न सकिन्छ  ।

अरु केहि उल्लेखनीय वेबसाइट :

RamroJob, GrowthSellers, Jagire, NepaliJob, MeroCareer, ApplyJob, RollingJobNepal आदी गूगलमा गएरु सर्च गरी उपयुक्त जागिर खोज्न सकिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्