Logo

दशैं हाम्रो लागी किन र कसरी ´कालो दशैं´ ?


जेकी चाप्चा

बिजया दशमी अर्थात दशैं हाम्रो लागी किन र कसरी ´कालो दशैं´ ? भन्नेबारे केहि संक्षिप्त बुँदाहरु :

पौराणिक आधार :

झन्डै ३,५०० बर्ष अघाडीको छेउछाउमा, बर्तमान भारतीय उपमहादिपमा आर्यहरुको प्रवेशपछि शक्तिसम्राज्य युद्दमा अनेकौं तिकडम, जालझेल युद्द अस्त्रहरू अपनाएर आर्यहरुको अनआर्य शक्तिमाथी भएको बिजय उत्सब हो बिजया दशमी । (श्रोत : हिन्दु धर्मशास्त्रहरु)

ऐतिहासिक आधार :

ई.स. १५५९ मा द्रव्य शाहले गोर्खामा हिन्दु गोर्खा स्थापना गरेदेखि सुरुभएको अधिनायक हिन्दु राज्य बिस्तार अभियानले ई.स.१८५३/५४ (ईन्डियन बिक्रम सम्बत १९१०) मा जंग बहादुर राणा प्रधानमन्त्री हुँदा नेपालको पहिलो ´मुलुकी ऐन १९१०´ नै लेखेर, कानुन नै जारीगरि नेपालभरि नै अनिवार्य हिन्दुको पर्व दशैं मनाईनु नै पर्ने, दशैं मनाईएको भौतिक प्रमाण देखाईनु पर्ने, मान्नु अस्विकार गर्नेहरुलाई मृत्युदण्ड हुने कठोर हिन्दु-बाहुन-कानुन जारि गरिएको। (श्रोत : मुलुकी ऐन १९१०)

किरातीहरुले ´कालो दशैं´लाई मुत्तिफाल्नु पाउने ऐतिहासिक आधार :

नेपालको आदिम नश्लको मुलबासी, आदिवासी जनजातिहरुको जातीय अस्तित्व सखाप पार्दिएर, उनीहरुलाई धार्मिक, साँस्कृतिक, भाषिकरुपले उनीहरुलाई नाङ्गो, उजाड, शुन्य बनाईदिएर, हिन्दु धर्मको धार्मिक, साँस्कृतिक, भाषिक दासी बनाउने मूल उदेश्य बोकेको त्यो उग्र बाहुन-पण्डितहरुको निर्देशिकामा लेखिएको त्यो कालो कानुन ´मुलुकी ऐन १९१०´ लागु भएको लगभग १३/१४ बर्ष पछाडी, ई.स. १८६७ मा किरातीहरुको नाकको डिलमा बन्दुकको संगीन नै झोसेर हिन्दु पर्व दशैं मनाउनु उर्दिजारि गर्दै किराती आठपहरिया-राईहरुको मूल थातथलो धनकुटा वरिपरी पुगेको राणा शासकहरुको हुक्कुमलाई, ” हामी किरातीहरुको यो दशैं पर्व होईन र हामी हिन्दु होईनौं र दशैं मान्दैनौं। ” भनि दशैं अस्विकार गर्दा, जंगेको सेनाहरुबाट किराती रिदामा र राङ्ग्रिहाङ्ग दुई किराती दाजुभाईहरुलाई, चुलि-बन डाँडामा झुण्डयाई मारेको। (श्रोत : नेपाली ईतिहास, विविध लेखक, ईतिहासकारहरु)

´कालो दशैं´लाई नेपालको अहिन्दु/गैरहिन्दुहरुमाथी ´कालो बाहुन कानुन´ मुलुकी ऐन १९१० नै लेखेर लाद्नुको उदेश्य :

नेपालको आदिवासी जनजातिहरुलाई गाँठो बिनाको (बाहुनले बाह्र गाँठे, क्षेत्रिले छ गाँठे, वैश्यं अनि शुद्रले बिना गाँठे जनै लगाउँछ) जनै भिराउनु असफल भएपछि, उनीहरुलाई लोभ्याएर, आर्कषित, सम्मोहित पारिएर हिन्दुको धार्मिक, साँस्कृतिक दासी बनाईनु। लाटो-गाँडो, बुद्दी नभएको, नाङ्गो-लिन्ठे तुरिमात्रै भएको जनजातिहरुलाई हिन्दुको धार्मिक, सांस्कृतिक, भाषिक दास बनाईएपछि, बाहुनले जुगौं-जुग, पुस्तौं-पस्ताहरुसम्म लाटो जनजातिहरुको टाउको मै बाहुनको पाईताला दल्दै, नेपाललाई अनन्तसम्म ´अजम्बरी हिन्दु राष्ट्र बनाई, मस्ति-मोज-आरामसंग एकल जातीवादी राज गर्नु।

जेकी चाप्चाको फेसबुकबाट ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्