Logo

रियल मड्रिड र बार्सिलोना दुबै पराजित


एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । बुधबार रियल मड्रिड पति भएको खेलमा बार्सिलोना लेगानेससंग २ – १ ले पराजित भएको हो । लेगानेसको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले सिजनको पहिलो हार चाखेको छ ।  पहिलो हाफमा १ – ० ले बनाएको अग्रता बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन ।

खेलको १२ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर,दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गर्दै लेगानेसले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलको ५२ औं मिनेटमा लेगानेसका नबिल एल जहरले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेट नबित्दै ५३ औं मिनेटमा ओस्कारले एक गोल गरेपछि लेगानेससंग बार्सिलोना २ -१ ले स्तब्ध बन्यो ।

रियलको पोस्टमा सेभियाको ३ गोल

लेगानेससंग पराजित भएपनि बार्सिलोनाले शीर्ष स्थान कायम राखेको छ । बार्सिलोनाले ६ खेलबाट १३ अंक जोडेको छ । जितसंगै लेगानेसले ४ अंक जोड्न सफल भएको छ । स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल सेभियासंग ३ – ० ले स्तब्ध भयो ।

घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन आन्द्रे सिल्भाले २ तथा विसम बेन एडरले एक गोल गरे । रियलविरुद्ध सेभियाले तीनै गोल पहिलो हाफमा निकालेको थियो । सेभियाले खेलको १७ औं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको थियो । खेलको २१ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २ – ० को अग्रता दिलाए ।

३९ औं मिनेटमा एडरले गोल गर्दा रियलविरुद्ध सेभियाले पहिलो हाफमै ३ – ० को अग्रता बनायो ।  दोस्रो हाफमा रियल खेलमा फर्कन सकेन र खेल सेभियालाई ३ – ० ले सुम्पन बाध्य भयो । जितसंगै चौथो स्थानको सेभियाले ६ खेलबाट १० अंक जोडेको छ । सेभियासंगको हारसंगै रियल लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दोस्रो स्थानको रियलले १३ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनासंग समान अंक भएपनि रियल दोस्रो स्थानमा रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्