१३ कर्मचारीको सामूहिक राजीनामा
२०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् । आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको बताइएको छ ।
सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।
उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५, ७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो । कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए ।