Logo

झडपमा गोली चल्यो, इन्सपेक्टर घाइते


रौतहट । रौतहटमा शव जलाउने बिषयको विवाद एक साता नबित्दै फेरि दोहोरिएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका–९ श्रीपुर र गमहरिया गाँउबीच नहरको छेउमा बुधवार फेरि शव जलाउने बिषय लिएर दुई पक्षबीच झडप भएको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं राउण्ड गोली प्रहार गर्नका साथै दर्जनौं अश्रुग्यास प्रहार गरेको छ । झडपको क्रममा प्रहरीतर्फ प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते भएका छन् भने सोही अनुपातमा स्थानीय पनि घाइते भएका छन् ।

 

झडपको क्रममा प्रहरी निरीक्षक चतुर्भुज ओझासहित डेढ दर्जन नेपाल प्रहरीका र आधा दर्जन सशस्त्र प्रहरी घाइते भएको एसपी ढकालले जानकारी दिए । नेपाल प्रहरीका असई विश्वनाथ यादवलाई गम्भिर चोट लागेको उनले बताए ।

सयौंको संख्यामा शव जलाउने समूह र त्यतिकै संख्यामा जलाउन नदिने समूह एकैपटक बाँसका लाठी भाठासहीत ढुंगामुढा बर्षाउन थालेपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, शिवनगर, समनपुर, जिल्ला प्रहरी कार्यालय गौरका साथै नेपाल प्रहरीका एकदर्जन बढी पोष्टका जनशक्ति र त्यतिकै हाराहारीमा सशस्त्र प्रहरीको जथा घटनास्थल पुगेर घण्टौंको प्रयासपछि अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

एकसाता अघिमात्रै सोही स्थानमा एक समूहले बलपूर्वक शव जलाउन खोज्दा दोहरो झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेका थिए ।

उक्त घटनामा प्रहरी नायब निरीक्षक सुरेश गुप्तासहित आधा दर्जन प्रहरीलाई चोटपटक लागेको थियो ।


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्