Logo

एसिया कप क्रिकेटमा भारत र अफगानिस्तान बराबरी


काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको अन्तिम खेलमा अफगानिस्तान र भारतको खेल बराबरीमा सकिएको छ । भारतसँग बराबरी खेलेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ भने भारतले फाइनलमा स्थान बनाएको छ । युएइमा बुधबार राति सम्पन्न खेलमा अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा अल आउट हुँदै २ सय ५२ रनमा समेटिएपछि खेल बराबरीमा सकियो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले सर्वाधिक ६० रन बनाए । त्यस्तै अम्बाती रायडुले ५७, दिनेश कार्तिकले ४४, रबिन्द्र जडेजाले २५, केदार जाधबले १९ र दिपक चाहरले १२ रनको योगदान दिए । बलिङतर्फ अफगानिस्तानका अफ्ताब आलम, मोहम्मद नाबी र रासिद खानले समान २-२ विकेट लिदा जाभेद अहमेदीको नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ५२ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद शहजादले शतकिय पारी खेल्ने क्रममा सर्वा्धिक १ सय २४ रन जोडे। उनले ११६ बलको सामना गर्दै ११ चौंका र ७ छक्का प्रहार गरेका थिए ।

त्यस्तै मोहम्मद नाबीले ६४, नजिबुल्लाह जद्रानले २०, गुल्बदीन नाइबले १५ र रासिद खानले १२ रनको योगदान दिएका थिए । भारतका रबिन्द्र जडेजाले ३, कुलदिप यादवले २ तथा खलील अहमद, दिपक चाहर र केदार जाधबले समान एक-एक विकेट दिए । भातरललाई अन्तिम ओभरमा १ विकेट बाँकी रहँदा जितका लागि मात्र ७ रनको आवश्यकता थियो ।

तर अन्तिम ओभरमा बलिङ गर्न आएका रासिद खानले ६ रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो। अब भारतले उपाधिका लागि आज हुने बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्