सावधान ! सेक्स पावर बढाउने यी ८ काम नगर्नुहोस्, ज्यान जान सक्छ
काठमाडौँ । अहिले सेक्स पावर बढाउने चक्करमा धेरै मानिसको स्वास्थ्य बिग्रिंदै गएको छ। हाल बजारमा पनि यसका नाममा थुप्रै किसिमका औषधीहरु पाईन्छ्। राष्ट्रिय र स्थानीय सञ्चार माध्यममा पनि निकै विज्ञापन आउँछन्। यस्ता विज्ञापनको चक्करमा लागेर सेक्स पावर पढाउँछु भनेर लाग्दा स्वास्थ्यमा त असर पर्न नै, अर्कोतिर पैसाको पनि सत्यानाश हुन्छ। जसको नकारात्क असरका कारण मानिसहरुको ज्यान पनि जान सक्छ।
१) बच्चाबेलाको गल्ती भगाउने औषधि
कतिपय बिज्ञापनहरु बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।
२) तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग-यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।
३) अश्लील किताबको जाल
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।
४) अण्डा खाएर पैदा हुने इच्छा
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।
६) रक्सी खाएर सेक्स गर्नु
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।
७) जोगीहरुले बेच्ने औषधि
मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन ।