Logo

१ सय रुपैयाँको ३ किलो माछा खाएपछि गाउँनै सोत्र्याम्मै, एकको मृत्यु


काठमाडौं । महोत्तरी झाडापखाला फैलिएपछि महोत्तरीको जलेश्वर–१२ नैन्ही गाउँका स्थानीय पिरोलिएका छन् । आज प्रकाशित अन्नपुर्ण पोष्टका अनुसार एकै दिन २१ जनासम्म झाडापखालाका बिमारी फेला परेका छन् ।

गत भदौ २९ गतेदेखि फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानीय आक्रान्त बनेका छन्। तर, झडापखाला फैलिनुको कारण अहिलेसम्म खुलेको छैन। मंगलबार झाडापखालाका २१ बिरामी फेला परेसँगै पीडित हुनेको संख्या २ सय ६५ पुगेको स्वास्थ्य शिविरका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताए।

सोमबार २८ जनामा झाडापखालाको समस्या देखिएको थियो। झाडापखालाबाट हालसम्म ४५ जना गम्भीर बिरामी परेका छन्। २५ जनालाई शिविर र २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर रेफर गरिएको थियो। असोज २ गतेयता चौबीसै घण्टा स्वास्थ्य शिविर सञ्चालनमा छ।

४ वर्षीया खुश्वु खातुनको झाडापखालाका कारण ज्यान गइसकेको छ। स्थानियको अनुसार भाद्र २५ गते भारतीय बजार सुरसन्डबाट एक व्यापारीले एक सय रुपैयामा तीन किलो माछा बिक्री गर्न आएका थिए। उनले १ सय रुपैयाँमा ३ किलो माछा सो गाउँमा बिक्रि गरेर गएका थिए । त्यो माछा खाएपछि गउँमा झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरिएकाको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्