Logo

‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ चाडै बजारमा आउने


मुन्धुमस्टार सम्बाददाता

काठमाडौं – नेपाली साङ्गितिक आकाशमा चर्चित युबा गितकर तथा मोडेल हुन, दर्पण राई । दर्पन राईको गित ‘तिम्ले बाटो फेर्‍यौ अरे- २’ अब चाडै बजारमा ल्याउन लागेको छ । मेलिना राईको स्वर, दर्पन राईको गीत, बिक्रम राईको म्युजिक, रिकेश गुरुङ्को ऐरेन्जर्, राजेश स्थको रेकर्डिस्ट रहेको छ ।  यस गितलाई ए-वान मुजिसियन स्टुडियोमा काम भई रहेको छ ।

‘तिम्ले बाटो फेर्‍यौ अरे’ सुपर चर्चित गित रहेको छ, गीतले करोड भन्दा बढी भ्युज पाएर पनि आफ्नो कदम नरोकिएको बताउँदै चर्चित युबा गीतकार  तथा मोडेल दर्पन रार्इले यो नेपाली साँगीतिक आकाशमा विशेष उपलब्धी रहेको बताए, साथै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद दिएका छन् । यस्तै गरी ‘तिम्ले बाटो फेर्‍यौ अरे -२’ पनि मन पराई दिनु हुनेछ भन्ने बिश्वास लिएको कुरा चर्चित युबा गीतकार  तथा मोडेल दर्पन रार्इले मुन्धुमस्टार डटकमलाई बताए ।

‘तिम्ले बाटो फे-यौं अरे’ गीत नेपाली सांगीतिक क्षेत्रमा यति चर्चित छ, जसलाई विभिन्न भर्सनमा गाइएको छ । राजेशपायल र मेलिनाको समेत मनपर्ने गीतभित्र पर्ने ‘तिम्ले बाटो फे-यौं अरे’मार्फत नै दर्पण गीतकारका रुपमा चिनिएका हुन् । दर्पण भन्छन्, ‘यस गीतले मलाई त चिनायो नै, मबाहेक अरुलाई पनि चर्चामा ल्याएको छ ।’ ‘तिम्ले बाटो फे-यौं अरे’ ‘लभ ट्राजिटी’ गीत हो । प्रेमीले चाहदा–चाहदै प्रेमिकाले बाटो फेरिएपछिको अवस्थालाई उक्त गीतमा चित्रण गरिएको छ ।

‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ को सबै टिमले मेहनत गरेको छन साथै मेकिङ, अनुभब र प्राधिबिक रुपमा झनै सशक्त रुपमा ‘तिम्ले बाटो फेर्‍यौ अरे-२’ रहेको कुरा राईले सुनाए ।  दर्पण राई सधै कोरियन लूक्समा देखिन्छन । दर्पण राई युबापुस्तामा डाईहार्ट स्टार हुन । गीतकार दर्पण राईले ‘तिम्ले बाटो फेर्‍यौ अरे’, तिमिलाई मनपराउनु, बेबी आईलभ-यू, मायामा जाल भो लगायत थुप्रै चर्चित गितहरु लेखेको छन ।

‘तिम्ले बाटो फेरेउ अरे’ गितको भिडियो हेर्नुस ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्