Logo

नेपाल र क्यानडाबीच द्विपक्षीय परामर्श संयन्त्र खडा गर्ने सम्झौता


काठमाडौँ — नेपाल र क्यानडाबीच द्विपक्षीय परामर्श संयन्त्र खडा गर्ने सम्झौता भएको छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र क्यानडाका समकक्षी जस्टिन ट्रुडोबीचको भेटवार्तापछि संयन्त्र खडा गर्ने सम्झौता भएको हो । सम्झौतामा दुवै नेताले हस्ताक्षर गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार भएको सम्झौताले नेपाल र क्यानडाबीच आपसी सहयोगका विविध सम्भावनालाई खुला गरेको छ ।

नेपालसँग सन् १९६५ मा दौत्य सम्बन्ध कायम गरेको क्यानडाले चार वर्षअघि काठमाडौंबाट दूतावास फिर्ता गरेको थियो । क्यानडामा भने नेपालको दूतावास कायमै छ । कूटनीतिज्ञहरूले क्यानडासँग भएको सम्झौताले असन्तुलित सम्बन्ध सुध्रने अपेक्षा गरेका छन् । ‘हामीबाट क्यानडाको दूतावास फिर्ता हुनु र हाम्रो उता बसिरहनुले सन्तुलित सम्बन्ध स्थापना हुन सकिरहेको छैन,’ पूर्वपरराष्ट्रमन्त्री तथा राजदूत भेषबहादुर थापा भन्छन्, ‘प्रधानमन्त्रीले क्यानडाका समकक्षीसँग गरेको भेटवार्ता र सम्झौताले यो आपसी सम्बन्ध बलियो पार्न मद्दत पुर्‍यायो भने निकै राम्रो हो ।’ वार्तापछि दुवै देशका प्रधानमन्त्रीले टवीट गर्दै सम्झौता भएकामा खुसी व्यक्त गरेका छन् ।

पूर्वराजदूत दिनेश भट्टराईले पनि सम्झौता क्यानडासँग बिग्रिएको नेपालको कूटनीति सम्बन्धलाई सपार्ने कदमका रूपमा लिएका छन् ।‘एउटा देशको मिसन हुने र अर्काको चाहिँ सम्पर्क कार्यालयसमेत नहुने अवस्थाले निकै अप्ठेरो भइरहेको छ,’ भट्टराईले भने, ‘यस्तोमा दुई देशका प्रधानमन्त्रीले नै हस्ताक्षर गरेर सम्झौता गर्नु ठूलै उपलब्धि मान्नुपर्छ तर यसको अर्थ भने क्यानडाले आफ्नो मिसन फेरि काठमाडौंमा खडा गरेपछि मात्रै हुन्छ ।’ प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य मंगलबारै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।

राष्ट्रसंघको महासभामा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा प्रतिनिधिहरूको स्वागतमा अमेरिकी राष्ट्रपति दम्पतीले रात्रिभोज आयोजना गर्ने चलन छ । त्यस क्रममा ओली र ट्रम्पबीच संक्षिप्त कुराकानी भएको थियो । भेटघाटमा दुवै नेताले एकअर्काप्रति सद्भाव र सहकार्यको भाव व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । धपेडी र व्यस्तता दुवै बढेकाले प्रधानमन्त्रीले राष्ट्रसंघमा आयोजित विश्व शान्ति सम्मेलनमा भने भाग लिन सकेनन् । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला जन्मेको सय वर्ष पुगेको स्मृतिमा आयोजित उक्त सम्मेलनमा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पठाएका थिए ।

भेटघाटमा परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच पनि भेटवार्ता भएको छ । त्यसक्रममा द्विपक्षीय र बहुपक्षीय मामिलामा छलफल भएको परराष्ट्रले जनाएको छ । हाल सार्कको अध्यक्ष रहेको नेपाललाई लामो समयदेखि रोकिएको सार्क शिखर सम्मेलन गराउनुपर्ने चुनौती बढेको छ । त्यसैलाई सम्बोधन गर्ने क्रममा नेपालले पहल सुरु गरेको हो ।

मन्त्री ज्ञवालीले राष्ट्रसंघद्वारा आयोजित विश्व लागू औषधविरुद्धको अभियानमा पनि नेपालका तर्फबाट मंगलबार सहभागिता जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायतले सम्बोधन गरेको उक्त सभाले विश्वभर महामारीका रूपमा बढदै गएको लागूऔषध दुव्र्यसन समस्यालाई सबै राष्ट्र मिलेर समाधान निकाल्ने संकल्प गरेको छ । मंगलबार साँझ मन्त्री ज्ञवालीले राष्ट्रसंघको शान्ति मिसनका उपमहासचिव जीन पिर्रेसँग भेटवार्ता गरेका थिए । परराष्ट्रका अनुसार भेटका क्रममा पिर्रेले नेपालले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै मिसनमा महिला सहभागी बढाउनसमेत आग्रह गरेका थिए

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्