सरकारलाई घुडा टेकाउने सर्वोच्चको मंगलबारको फैसला यस्तो छ, जसले सिंहदरबार हल्लायो
काठमाडौँ । रिहा भएलगत्तै पुनः गिरफ्तार नरोकिए मानहानीको मुद्दा चलाउन बाध्य हुने सर्वोच्चको चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड रिहा भएका छन् । अघिल्लो आदेशमा पटकपटक आदेश लगत्तै पुनः पक्राउ गरिए सरकार र उसका निकायलाई अर्को आदेश दिन बाध्य हुने चेतावनी दिएको थियो ।
सर्वोच्चले अदालतकै सेरोफेरोबाटै तत्कालै पक्राउ गरी थुनामा राखेको देखिएको भन्दै नागरिकको मौलिक कुण्ठित भएको बताएको थियो । मानहानीको आदेश गर्न बाध्य हुने चेतावनी पछि पनि प्रहरीले पुनः गिरफ्तार गरेपछि सर्वोच्चले इजलास संवेदनशील भएको बताउँदै मंगलबार पुनः रिहा गर्न आदेश दिएको हो । सोही आदेशमा प्रकाण्ड रिहा भएका हुन् । बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस गर्दै सर्वोच्चका न्यायाधीश अनिकुमार सिन्हा र टंकबहादुर मुक्तानको संयुक्त इजलासले मंगलबार अदालतको आदेशलाई छल्न वा निस्तेज पार्न खोजेको आशंका गरेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ –अदालतकै सेरोफेरोबाटै तत्कालै पक्राउ गरी थुनामा राखेको भन्ने निवेदकको कथन रहेको देखिएको र निवेदकलाई निरन्तर थुनामा राखेको देखिएको परिप्रेक्षमा नेपालको संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हकको उपभोग गर्नबाट यी विनदेक बञ्चित हुन गएको विषयमा यो इजलास संवेदनशील भएको छ । नागरिकको मौलिक हक कुण्ठित हुँदै मौलिक हकको प्रचलनको लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानूनी थुनाको सम्बन्धमा पटपकटपटक आदेश जारी गर्नुपरेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयन्त गरिएको त होइन ? भन्ने आशंकाको अभास समेत हुन गएको छ । विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदापी क्षम्य हुन सक्दैन । यस अदालतले गरे.को आदेशको मर्यादाको पालनाको लागि नेपालको संविधानको धारा ११२८ (४) को अधिनमा रही अन्य उपयुक्त आदेशसमेत जारी गर्नुपर्ने अवस्था आउन सक्दछ ।
त्यसैगरी सरकारको न्यानाकर्षण गराएपनि पुनः गिरफ्तार गरिएको भन्दै मंगलबार सर्वोच्चले भनेको छ–यस परिस्थितिमा उपरोक्त आदेशको सममान भएको नदेखिएबाट नेपाल सरकार, गृहमन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनु । मंगलबारको अादेश सरकारको लागि बाध्यकारी भयो । पुनः गिरफ्तार गरे अपहेलना सम्बन्धि मुद्दा लाग्ने भएपछि सरकार प्रकाण्डलाई रिहा गर्न बाध्य भएको हो । सर्वोच्चको अादेशले सिंहदरबार हल्लिएको चर्चा भइरहेको छ ।
यस्तो छ पूर्णपाठः