Logo

म्यानचेस्टर सिटीको जितमा १८ बर्षे फोडेनको गोल


एजेन्सी । म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको चौथो चरणमा स्थान बनाएका छ । मंगलबार राति तेस्रो चरणको खेलमा अक्फोर्ड युनाइटेडलाई ३ – ० ले हराएर सिटीले अर्को चरणको यात्रा तय गरेको हो । लिग वान क्लब अक्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र फिल फोडेनले एक एक गोल गरे ।

पहिलो हाफको ३६ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा १८ वर्षीय फोडेनले गोल गर्दै सिटीलाई ३ – ० को जित सहज दिलाए । फोडेनले महरेजलाई समेत गोलका लागि पास उपलब्ध गराईदिएका थिए ।

अक्फोर्डविरुद्ध गोल गरेसंगै फोडेनको निकै चर्चा भएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले उनलाई बार्सिलोनाका लिजेण्ड आन्द्रेस इनिएष्टासंग तुलना गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्