Logo

युवतीमाथि एसिड र छुरा प्रहार


तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उनको अवस्था गम्भिर छ । भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा वसन्तीलाई राखिएको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । एसिड प्रहार गर्ने युवक सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका सिर्पालीले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन् ।

गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले उल्लेख गरेका छन । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्