Logo

आजको छापा खबर


  • बलात्कारको आरोपमा दुलाहा पक्राउ परेपछि…

दोलखा – विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् । बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउनुे प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।ती कशिोरीले आफूलाई विहेको प्रलोभनमा पारेर सान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।

  • गरिबका बजेटमा भ्रष्टाचार, ९ जनालाई कैद र जरिवाना

मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष  अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ । अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले १४ जना आरोपितमध्ये ९ जनालाई भ्रष्टाचारी ठहर गरी बाँकीलाई सफाइ दिएको हो । विशेष अदालतले कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठले एक लाख १४ हजार ७३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै पाँच महिना कैदको सजाय सुनाएको हो ।

उनलाई चार महिना कैद हुने ठहरसहित विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक महिना कैद फैसला भएको विशेष अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले बताए । श्रेष्ठविरुद्ध अख्तियारले दुई करोड ७३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

प्रशासन तथा वित्त प्रमुख मनोज चिपालुलाई एक लाख ३ हजार ४ सय १९ रुपैयाँ जरिवाना र चार महिना कैद फैसला भएको छ । उनी विरुद्ध दुई करोड ३५ लाख भ्रष्टाचार गरेको भनी अख्तियारले दाबी गरेको थियो । लेखा अधिकृत प्रवीण घिमिरेलाई एक लाख १४ हजार ९ सय १२ रुपैयाँ जरिवानासहित चार महिना कैद फैसला भएको छ । लेखा अधिकृत प्रविन घिमिरेविरुद्ध २ करोड ७६ लाख रुपैयाँ विगो कायम गरिएको थियो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

  • फेरि एक युवतीमाथि डरलाग्दो एसिड र छुरा प्रहार

तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् । पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उनको अवस्था गम्भिर छ । भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा वसन्तीलाई राखिएको छ । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सक डा.सुरेश प्रधानले जानकारी दिनुभयो । एसिड प्रहार गर्ने युवक सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।

नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका सिर्पालीले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन् । नवलपुरका प्रहरी प्रमुख रमेश थापाले प्रि–प्लान गरेर नै विमलले वसन्ती माथि एसिड प्रहार गरेको जानकारी दिनुभयो । गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले उल्लेख गरेका छन । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

  • निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन, विष्टमाथि आशंका

निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ। समितिका एक सदस्यले भने, ‘निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्व जानकार रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।’

विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेलापर्नेमा ढुक्क हुन सकिने समितिले यकिन गरेको छ। समिति संयोजक मैनाली भने प्रतिवेदनबारे बोल्न मानेनन्। उनले भने, ‘मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ, त्यो मैले बोल्न मिल्दैन।’ यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

  • बदनाम पप्पुलाई ११ अर्बको काम, ठेक्का लिन्छ, अलपत्र पार्छ !

पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ। सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षाैदेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। पहिलो पटक पप्पुले भवन निर्माणमा हात हालेको हो। खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।

यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ। स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन।,यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

  • बिप्लवले किन पठाए विदेशमा पैसा ? प्रकाण्डको डायरीमा यस्तो भेटियो

जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमा आश्रय  लिए  ।अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?

यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ ।प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ । हवाई मार्ग या फुलबारी नाकामध्ये कतै न कतैबाट चलखेल हुँदै गरेको दावी पुग्ने अभिलेख फेला परेको हो ।

प्रकाण्डबाट बरामद डायरीमा बंगलादेशको साथीलाई वीरबहादुरमार्फत ८ हजार र प्रविधिसम्बन्धी काममा बंगलादेश पठाएको १ लाख भन्ने हिसाब देखिएको छ । प्रविधि भनेको पक्कै पनि बम, विष्फोटक पदार्थ हुनुपर्छ । त्यो शीर्षकमा मात्रै ७८ लाख २४ हजार खर्च भएको छ ।
जनमुक्ति सेनातर्फ ४१ लाख ३९ हजार ६० रुपैयाँसहित जम्मा एक करोड १९ लाख ६३ हजार ६० रुपैयाँ सेना र प्रविधिमा खर्च भएको विवरण छ । यो ०७३ चैत ४ देखि ०७५ असार मसान्तसम्मको खर्च हो, जो खड्ग बिकको डायरीमा फेला परेको छ ।

यद्यपी अहिले वार्ताको माध्यमबाट उक्त समुहलाई टेस्ट गर्ने, प्रकाण्डलार्य ६ वटा जिल्ला घुमाईसकेको हुँदा अब त्यो उपक्रम साकेतिक नाम भनेको त मिल्दोजुल्दो हुनुपर्ने नि । तर, नयाँ ढगबाट सैन्य अभ्यासमा लागेको विप्लव समहुले आफुसँग रहेका या संकलित हुन सक्ने तियारलाई पार्टी पंक्तिले मात्र बुझ्ने गरी कोड नाम राखेको पाईएको छ ।, यो खबर आज प्रकाशितजनआस्थासाप्ताहिकमा छ ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्