Logo

मेस्सी र रोनाल्डोको समय सकिएकै हो त ?


एजेन्सी । लुका मोड्रिच बेस्ट फिफा फुटबल अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ३३ वर्षीय रियल म्याड्रिडका मिडफिल्डरले पूर्व समकक्षी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद शलाहलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् । मोड्रिचले गत मेमा लगातार तेस्रो च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने जुलाईमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन मुख्य भूमिका खेलेका थिए ।

ब्राजिल तथा ओर्लान्डो प्राइडकी मार्टाले उत्कृष्ट महिला खेलाडीको उपाधि हात पारिन् । रियल म्याड्रिडका गोलकिपर थियाबट कोर्टवा उत्कृष्ट गोलकिपर चुनिए ।क्रोएसियलाई ४–२ गोलअन्तरले हराउँदै विश्वविजेता बनेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने महिला टोलीको उत्कृष्ट प्रशिक्षकको उपाधि रेनाल्ड पेड्रोसले हात पारे । यता, शलाहले एभर्टनबिरुद्ध गत डिसेम्बरमा गरेको गोलका लागि पुस्कास अवार्ड हात पारे ।

पेरुका समर्थकहरुले फिफा फ्यान अवार्ड जिते ।

बेस्ट फिफा फुटबल अवार्डको यो तेस्रो संस्करण हो । फ्रान्स फुटबल पत्रिकाले सन् १९५६ देखि बालोन डि’ओर वितरण गर्दै आएकोमा फिफासँग सन् २०१० देखि २०१५ सम्म संयुक्त रुपमा यो उपाधि वितरण गर्दै आएको थियो । तर, फुटबलको नियामक निकायले जनवरी २०१७ देखि फिफा बेस्ट अवार्ड शुरु गरेको थियो । यस संस्करणको पहिलो विजेता क्रिस्टियानो रोनाल्डो बनेका थिए । यसमा राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, सिमित पत्रकार र अनलाइन भोटिङमाफर्तन विजेता चयन गरिन्छ । हरेकको हिस्सा भोटिङमा २५ प्रतिशत रहन्छ ।

मेस्सी–रोनाल्डो अधिपत्यको अन्त्य

योसँगै मोड्रिचले विश्वको उत्कृष्ट खेलाडीको अवार्डमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको एक छत्र राजको अन्त्य गरेका छन् । मोड्रिच अघि दुई खेलाडीबाहेक सन् २००७ मा काकाले बालोन डि’ओरको उपाधि जितेका थिए ।मोड्रिचले क्लब र देशका लागि ५६ खेल खेल्दै च्याम्पियन्स लिगको उपाधि जित्न सफल रहे भने क्रोएसियालाई फाइनलसम्म पुर्याए ।

विश्वकपमा गोल्डन बल पनि जितेका मोड्रिचले उपाधि जितेपछि आफूलाई यहाँसम्म पुर्याउने सबै प्रशिक्षकलाई धन्यवाद दिए । ‘यो उपाधि मेरो मात्र होइन । यो रियल म्याड्रिड र क्रोएसियाका समकक्षीको पनि हो । मेरा प्रशिक्षकहरु बिना म यो उपाधि जित्ने थिइनँ । मेरो परिवार बिना म आज जस्तो खेलाडी बन्ने थिइनँ,’ उनले भने ।

फिफा फिफ्प्रो विश्व ११

फिफा वर्ष टोलीमा डेभिड डि गेया, ड्यानी आल्भेस, राफायल भरान, सर्जियो रामोश, मार्सेलो, लुका मोड्रिच, एनगोलो कान्टे, एडिन हजार्ड, लियोनेल मेस्सी, कायलिन एमबाप्पे र क्रिस्टियानो रोनाल्डो छनौट भए ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्