नक्कली भारतीय सेनाको परिचय दिंदै गेष्टहाउसको टिभी चोर्दै
छिरिङ लामा भोटे
मनिस तामाङ नाम गरेका एक युवकले आफुलाई भारतीय सेनाको रुपमा परिचय दिंदै विभिन्न स्थानको गेष्टहाउसमा कोठा लिंदै कोठामा भएको एसीडि टिभी तथा लिड चोर्दै हिड्ने युवकलाई सिरहाको लाहानमा प्रहरीले पक्राउ गरेको छ । भाद्र ३ गते सुनसरी जिल्लाको इटहरीमा गेष्टको रुपमा आएका तामाङले आफ्नो नाम अर्जुन श्रेष्ठ होटलमा लेखाएको साथै उनले आफुलाई भारतीय सेना भएको परिचय दिंदै २५०० पर्ने एसी कोठा बुक गरेर बसेको तथा पुन ४ गते आउने भनेर अर्को पनि कोठा बुक गरेर निस्केका मनिस ४ गते बेलुकी राती १० बजेसम्म पनि नआए पछि ताला खोलेर हेर्दा ३२ इन्चको लिड रु.४०,००० पर्ने चोरेर फरार भएको पत्ता पाए ।
लगतै धनकुटा जिल्लाको पर्यटकिय स्थल भेडेटारबाट पनि टिभी चोरेर लगेका भागेका थिए । गेष्ट हाउसमा बसेर एलसिडि चोर्न पल्केका तामाङ आश्विन ५ गते शुक्रबार तेह्थुम जिल्लाको बसन्तपुर स्थित होटल याकमा बसेका तामाङले शनिबार गाउँ जान भनेर निस्केका तामाङले पुन २४ इन्चको एलसिडि टिभी चोरेर फरार भएको होटल सञ्चालक सानाम लामाले बताए । भर्खरै प्राप्त समचार अनुसार उक्त व्यक्तिलाई लाहानको प्रहरीले समातेको जानकारीमा आएको छ ।
होटल वा होटल सञ्चालक व्यावस्थापन समितिहरुले आफ्ना ग्राहकलाई सन्तुष्ती दिलाउन र छरितो रुपमा व्यवस्थापन गरिदिने एलसिडि टिभी यसरी दिनदहाडै प्रत्यक्ष होटल सञ्चालकको सामू छलेर चोरी गर्दा यसलाई व्यवस्थापन गर्न निकै चुनौती रहेको छ । यस बारेमा सम्बन्धित पक्षहरुले बेलैमा सोच्नु आवश्यक छ ।