बन्दुकसँग डराएर हामीलाई रिहा गरियो‐प्रकाण्ड
सर्वोच्चको आदेशपछि विप्लव नेतृत्वको प्रवक्ता प्रकाण्ड जेलमुक्त भएका छन् । चन्दा असुलीको आरोपमा केही महिनाअघि पक्राउ परेका उनी विभिन्न मुद्धामा पक्राउ पर्दै आएका थिए । तर यो पटक भने उनी पक्राउ परेनन् । बरु प्रकाण्डले सरकारलाई भदौमा उम्रेको च्याउ भन्दै बन्दुकसँग डराएको भनी च्यालेन्ज गरे । उनले भने,
- ‘यिनीहरुको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।’‘देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढ्नेछ।’ ‘जब नेपाली जनताको राज्य सत्ता स्थापना हुँदैन, जब नेपाली जनता आफैं शासन सञ्चालन गर्ने हुँदैनन्, तबसम्म हाम्रो त्यो क्रान्ति जारी रहनेछ ।’
- जनताको पक्षमा संघर्ष गर्दा हामीलाई ज्यान मुद्दा लगाउने गर्छौं भने प्रचण्डको विरुद्धमा १० हजार नेपाली जनताको हत्या गरेको हत्याराको मुद्दा नेपाली जनताको अदालतमा दर्ता हुन्छ । प्रचण्डले विचार गरेका छन्, यसमा कसरी फेस गर्छौ । ‘ओलीले धेरै ट्याँट्याँ नगरे हुन्छ, नेपालमा अहिले भएको यो परिवर्तन ओली र ओलीको पार्टीले ल्याएको होइन् । त्यो बेलाको माओवादी पार्टीले ल्याएको हो । हामीले ल्याएको हो ।’