Logo

एशिया कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा


काठमाडौं । यु १९ एशिया कप क्रिकेटकालागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । बंगलादेशमा सेप्टेम्बर २९ बाट सुरु हुने प्रतियोगिताकालागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो । प्रतियोगिता अक्टोबर ७ तारिकसम्म चल्नेछ ।मोहमद आरिफ शेखको कप्तानीमा घोषणा गरिएको टोलीमा कमल सिंह ऐरी उपकप्तान, रोहितकुमार पौडेल, रवि साह, नन्दन यादव, रित गौतम, पवन सरार्फ, रविन्द्र जंग शाही र रशिद खान छन् ।

यस्तै टोलीमा भिम सार्की, तिर्थराज दास, सन्दीप जोरा, सागर ढकाल, अर्जुन ऐरी र सुर्य तामाङ छन् । मुख्य प्रशिक्षक विनोद दास सहितको कमिटिले नेपाली टिमको छानेकाे हाे । छनोट कमिटिमा सुनोज भट्टराई र राजु खड्का समेत सामेल थिए । नेपाली टिम पर्सी बिहिबार बंगलादेश प्रस्थान गर्ने टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्