Logo

रिहा पछि प्रकाण्ड यसरि गरियो भव्य स्वागत


नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता ‘प्रकाण्ड’ रिहा भएका छन् । गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड मंगलबार सर्वोच्चको आदेशमा ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो । यसअघि रिहा गर्न आदेश पाए पनि प्रहरीले सर्वोच्च परिसरबाटै उनलाई ४ पटक पुनः गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो ।

रिहालगत्तै नेकपा कार्यकर्ताले उनलाई भब्य स्वागत गरेका छन् । फूलमाला र खादा लगाएर नेकपा नेता कार्यकर्ताले नारावाजी गरेका छन् ।प्रकाण्डलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेर सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको हो । यसपटक भने गृहमन्त्री रामबहादुर थापा बादलसँग भएको वार्तापछि फेरि पक्राउ नगर्ने सहमति बनेको स्रोतले जनाएको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा रिहा भएपछि माइतीघर मण्डलामा पुगेका उनलाई त्यहाँ नेकपाका कार्यकर्ताले स्वागत गरेका छन् । प्रकाण्डलाई स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनका समयमा देशका विभिन्न जिल्लामा भएको विस्फोट तथा अन्य आक्रमणका घटनामा मुख्य अभियुक्त बनाउँदै प्रहरीले पक्राउ गरेको थियो ।

सुरुमा काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट पक्राउ गरिएका विश्वकर्मा विभिन्न जिल्लाका अदालतमा चलेको मुद्दाका आधारमा प्रहरीले अड्डासार गर्दै लगेको थियो । ७ करोड बढी चन्दा जबरजस्ती असुलेको अभियोगमा पक्राउ गरिएका उनलाई काठमाडौँ, काभ्रे, नुवाकोट, दाङ, भोजपुरसहितका जिल्लामा लगेर मुद्दा चलाइएको थियो ।

त्यसबीचमा उनका छोरा तथा भाइले पटक पटक सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । ती रिटमा सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले तत्कालै पक्राउ गर्ने गरेको थियो । सरकारले नेकपाका सयौँ कार्यकर्तालाई देशका विभिन्न जिल्लाबाट पक्राउ गरेर हिरासतमा राखेको छ । हिंसात्मक गतिविधि गर्ने आशंकमा उनीहरुलाई नियन्त्रणमा लिएर फरक फरक मुद्दामा म्याद थप गर्दै हिरासतमा राखिएको छ। संचारकेन्द्रबाट

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्